घरेलुमा दर्ता गरेरे मात्रब्यावसाय संचालन गर्न आग्रह

एकराज श्रेष्ठ दोलालघाट
व्यापारीहरुको पाइला नाफामुलक तर्फ मात्र नभइ सेवामुलक तर्फ पनि हुनु पर्ने घरेलु तथा साना उधोग कार्यलय धुलिखेल काभ्रेका अधिकृत केशव प्रसाद पुडासैनी ले  बताउँनु भएको छ ।


उँहाले उक्त कुरा १३ गते  सम्पपन्न एक अन्तक्रिया कार्यक्रममा बताउनु भएको हो ।उक्त कार्यक्रमको आयोजना घरेलु तथा साना उधोग कार्यलयबाट गरिएको थियो। कार्यक्रमको सभाध्यक्ष गर्दै पुडासैनीले ब्यावसाय गर्नु हुने सम्पुर्ण ब्यावसायीहरुले घरेलुमा दर्ता गरेरे मात्र संचालन गर्न आग्रह गर्नु भएको थियो।साथै अहिले घरेलुमा दर्ता गर्न जादा बढिमा १ घण्टा समय खर्चिनु पर्ने साथमा महिला तथा दलितको नाममा ब्यावसाय दर्ता गर्दा शुल्कमा पनि भारी छुट हुने बारेमा बताउनु भएको थियो।
कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन  कार्यलय धुलिखेल काभ्रेका प्रमुख शिव प्रसाद भण्डारी, दोलालघाट उधोग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति,दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ ,पुर्व अरनिको यातायात प्रा लि का बरिष्ठ उपाध्यक्ष बाल कृष्ण श्रेष्ठ तथा दोलालघाट प्रहरी चौकी का इन्चार्ज बिमल ढुंगेल को आतित्यथामा सम्पन्न भएको उक्त  कार्यक्रमको ब्यवस्थापन भने दोलालघाट उधोग बाणिज्य संघले दुलालेश्वर  क्लवको कार्यलय भवनमा गरेको थियो।
कार्यक्रमको दोस्रो चरणमा खाद्य प्रवृधी तथा गुण नियन्त्रण कार्यलयका प्रमुख ले होटल स्तरियकरणको निमित आवश्यक तत्वहरुको बारेमा जानकारी गराउनु भएको थियो।प्रस्तोता प्रमुख ज्युले होटलको अवस्था अनुसार नम्बर प्राप्त गरि उच्च,मध्य,निम्न मध्य तथा जोखिम युक्त होटेलको सुचक रंगवाला स्टिकर प्रदान गरिने हुँदा आफ्नाा होटेलहरुलाइ स्तरियकरण गराउन अनुरोध गर्नु भयो जस्को अनुगमण आगामी चैत्रको पहिलो हप्तामा हुने बारेमा पनि बताउनु भएको थियो।जसको निमीत उधोग बाणिज्य संघका अध्यक्षको संयोजकत्वमा ७ सदसिय समिती गठन गरिइएको थियो।
उधोग बाणिज्य संघका अध्यक्ष ले कार्यक्रममा उपस्थित सबैमा स्वागत गर्दै ब्यावसायी आफैलाइ फाइदा हुने हुदा दोलालघाटमा रहेका होटेलहरुको स्तरियकरणको निमित अभियान संचालन गर्नुुुको साथै आ आफ्नो होटलमा भएको कमजोरी पक्षलाइ हटाइ ग्राहकहरुको स्वास्थ माथी खेलवाड नगर्न आग्रह गर्नु भएको थियो।उक्त कार्यक्रममा अधिकांस स्थानिय ब्यापारीहरुको उपस्थिती रहेको थियो। उपस्थित ब्यावसायीहरुलाइ आयोजकहरुको तर्फबाट खाजा तथा भत्ताको पनि ब्यवस्था गरिएको थियो। करिव ३ घण्टाको उक्त कार्यक्रम संचालन घरेलुका उधम बिकास सहज कर्ता रविन्द्र प्रसाद चौलागाइ ले गर्नु भएको थियो।

, ,