पुर्वाधार विकास कार्यालय अब चौतारामा


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका स्थित वडा नं ८ ईर्खुमा रहेको पुर्वाधार कार्यालय फेरि चौतारामा नै बसेको छ । भुकम्प पछि ईर्खुमा सरेको कार्यालय मङ्गलबार देखि चौतारा स्थित भेटनरीमा सरेको हो ।

खास गरि सदरमुकाम बजारमा रहेको कार्यालय ईर्खुमा सरेपछि सेवाग्राहीलाई समस्या परेको थियो । मङ्गलबार देखि चौतारामा नै बसेर  सेवा दिन लागिएको कुरा पुर्वाधार विकास कार्यालयका लेखा अधिकृत दिनबन्धु घिमिरेले बताउनु भयो । उहाँले कार्यालयको आफ्नै भवनमा इर्खुबाट सरेर सेवा दिईएको जानकारी दिनु भयो ।

,