सदरमुकाम नजिक दिउसै लुटपाट

लोकप्रिय समाचार
सिन्धुपाल्चोक  जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ मा दिउँसै मानिस लुटिएका छन् ।   घटना विवरण अनुसार ठुलो सिरुवारी स्थित थापागाउँका प्रकाश थापा पानीको काममा गएर आउँदा दिउँसो करिब ३ बजे तिर अनुहार नचिनिने गरी माक्स लगाएर आएको समुहले बाईस हजार रकम सहित मोबाइल लुटेको गोपाल थापाले जानकारी दिनु भयो ।
उहाँका अनुसार बाटोमा आउदै गर्दा एक जनाले खुकुरी लियर तलबाट आएको र अर्काे दुई जना माथिबाट घेरा हालि रकम र मोबाइलका साथै जाकेट समेत लुटे पछि भागेर देउरालिमा आई प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक माधब प्रसाद काफ्लेले घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी परिचालन गरिएको र खोजी कार्य जारि रहेको बताउँदै आ–आफ्ना गाउँघरमा नचिनेको मानिसहरु देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय वा फोन नं १०० मा फोन गरी तत्काल जानकारी दिन समेत अनुरोध गर्नु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी, बलेफि गाउँपालिकाहरुमा पनि चोरको बिगबिगी रहेको छ । प्रहरीले चोरहरु पत्ता लगाउनका लागि सादा पोशाकमा पनि व्यापक प्रहरी परिचालन गरेको  र सुरक्षाको लागि गस्ती बढाएको छ ।


, , ,