प्रहरी चौकीमा आक्रमण असइ सहित दुई प्रहरी घाइते

लोकप्रिय समाचार
सिन्धुपाल्चोकको तिपेनिमा रहेको प्रहरी चौकीमा शुक्रबार राती अज्ञात समुहले अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इञ्चार्ज सहित दुइ प्रहरी घाइते भएका छन् । शुक्रबार राती १ बजेको समयमा १०÷१२ वटा मोटरसाइकलमा आएका समुहले एक्कासी प्रहरी चौकीमा ढुङगामुडा गरेका थिए ।
 अज्ञात समुहको आक्रमणबाट चौकीका इञ्चार्ज असइ सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमीरेले जानकारी दिनुभयो। प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको थियो ।
 आक्रमणमा संलग्न मध्ये एक जना र दुइ मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमीरेले बताउनुभयो । घटना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा थप मदत तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राती नै घटनास्थल पुग्नुभएको थियो । प्रहरी चौकीमा किन  आक्रमण गरियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

,