चौतारा५मा महाविद्यालय को लागी जग्गा प्रदान
नेपाल सरकारले बहुप्राविधिक महाविद्यालय निर्माण र सन्चालनकबा लागी सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगागढीचोकगढी नगरपालिका५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र तहाँ रहेका रुखरपोलविरुवाहरु हटाउन समेत स्वीकृति दिने भएको छ । सञ्चार तथा सुचना प्रबिधि मन्त्री डा युबराज खतिवडाले मन्त्री परिषदको निर्णय सार्बजैनिक गर्दे यस्तो जानकारी दिनु भएको हो । उँहाका अनुसार फागुन ५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय हरु गरेको हो ।
नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा व्यक्तिहरुलाई दुई वर्षको लागि मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।त्यसै गरी सेती नदि पोखरा म.न.पा. ३ र ११ जोड्ने पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्गमीटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति प्रदान गर्ने , २०७६ फाल्गुण २६ देखि चैत्र ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (ऋक्ध्) को ६४ औं सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ्गको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति दिने , नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने मन्त्री परिषदको बैठकले निणय गरेका जानकारी मन्त्री खतीवडाले जानकारी दिनु भयो ।उँहाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्य्विधि) (दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने , २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने निर्णय गरेको जानकारी सो अबशरमा मन्त्री खतीवडाले जानकारी दिनु भयो । यसै गरि मन्त्री खतीवडाले फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू बारेमा समेत जानकारी दिनु भएको छ । उँहाका अनुसार पूर्वाधार विकास करको दर परिमार्जन गर्ने । २०७६ फागुन २०र२१ मा बंगलादेशको ढाकामा हुने नेपाल(बंगलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ । बैठकले श्री शोभा बुढाथोकी, काठमाडौं(१४, काठमाडौं , श्री उद्धब चन्द्र घिमिरे, विराटनगर(४, मोरङ्ग , श्री नारायण नेपाल, काठमाडौं(१६, काठमाडौं लाइ नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यसै गरि राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा श्री रमा श्रेष्ठ, ललितपुर, महिला सदस्य , श्री हरिन्द्र राई, खोटाङ, जनजाती सदस्य , श्री भोजमान लाम्गादे, इलाम, दलित सदस्य लाइ मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले नेपाल(भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने , सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य श्री जगत देउजाले सदस्य पदबाट दिनु भएको राजीनामा स्वीकृत गर्ने , संखुवासभा जिल्लामा जग्गा पुनः नापजाँच गर्नको लागि स्वीकृति दिने, निर्ण भएको मन्त्री खतिवडाले जानकारी दिनु भयो । यसै गरि मन्त्री परिषदको बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा श्री कुमार प्रसाद पोखरेल (पूर्व मुख्य न्यायाधीश, उच्च अदालत, दिपायल) (अध्यक्ष श्री टिका बुढाथोकी, राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि (सदस्य, श्री ममता देवी शर्मा उपाध्याय, सहकारी क्षेत्रको विज्ञ (सदस्यश्री सरस्वती देवी भट्टराई, सहकारी क्षेत्रको विज्ञ (सदस्य
र नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत (सदस्य(सचिव
लाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय गरेको छ । मन्त्री पवरिषदको बैठकले
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य पदमा श्री महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर (१८ भैसेपाटी) लाई नियुक्त गर्न स्वीकृत दिने , ख्वप कलेज अफ इन्जिनियरिङ्ग, लिवाली, भक्तपुरलाई बि.ई.कम्प्युटर( ४८ जना सहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने, बालबालिका सम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि बाल न्याय सम्पादन (कार्य्विधि) नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेशन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्ने गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७९(२) बमोजिम सबै जिल्ला अदालतहरुमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तहसिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तहसिलदार नभएको स्थानमा अदालतको श्रेस्तेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने । खेलकुद पुरस्कार तथा सम्मान कार्य्विधि द्दण्ठद्द को पहिलो संशोधन स्वीकृत गर्ने । मौलाकाली केवलकार आयोजनाको च्इध् ब्ष्निलmभलत (१०−१० मीटर च्इध् ब्ष्निलmभलत सहित केही टावर संरचनाहरु रहनेगरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैडाकोट नगरपालिका(१ मा पर्ने मौलाकाली सामुदायिक वनर मौलाकाली धार्मिक वन समेतको गरी कूलजम्मा २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने । यसै गरी सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका(१ स्थित राष्ट्रिय वन क्षेत्रको थप कूलजम्मा २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने , देहायका स्थानीय तहलाई देहाय वमोजिम जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने, मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस वडा न. ५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङली गा.वि.स. वडा न. ५ को १ रोपनी जग्गा प्रहरी चौकी भवन निर्माण, साविक खोप्लाङ गा.वि.स.वडा न. ८ को ३.१.०.० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न, साविक पालुङटार गा.वि.स.वडा न. ७ को ०.५.२.० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आपपिपल गा.वि.स.वडा न. ४ को १६.८.०३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि दिने भएको छ । त्यसै गरि नराहा गाउँपालिका, सिराहाको गाउँपालिकाको वडा न. ५ को ०–८–० विगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गा.वि.स. वडा न. ६ को ०.३.१ विगाह दिनाभद्री प्रा.बि.को भवन निर्माण र वडा न. ८ को ०.५.९ विगाह ज.व.उ.मा.बि.को भवन निर्माणको लागि। देवताल गाउँपालिका, बाराको साविक रौवाही गा.वि.स. वडा न. ७ को ३.१२.१० विगाह बहुउद्देशिय रंगशाला निर्माण लागि, गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको वडा न. २ को ३.०.० विगाह ल्याण्डफिल साईट निर्माण लागि धार्चे गाउँपालिका गोरखाको गाउँपालिकाको वडा न. ५ को ४.२.०.० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण लागि,गलकोट नगरपालिका, बाग्लुङ्गको साविक मल्म गा.वि.स.३ को २.७.०.२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि, राजपुर नगरपालिका, रौतहटवाट साविक राजपुर गा.वि.स.वडा न. ३ को ०.१०.० विगाह नगरपालिकाको प्रशासकिय भवन निर्माण र वडा न. ५ को ०.५.० विगाह स्वास्थ्य चौकी भवन निर्माणको लागि दिने निर्णय गरेको छ । यसै गरि
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी श्री पुष्पराज खनाललाई नियुक्ति गर्ने र
वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा डा. सुनन्दा सुन्दास, भोजपुर ५, भोजपुर । सदस्य डा. रक्षा श्रेष्ठ, धरान ९, सुनसरी डा. विनय कुमार ठाकुर, जनकपुर ३, धनुषा डा. कैलास कुमार भण्डारी, इटहरी ८, सुनसरी श्री राम प्रसाद न्यौपाने, कल्याणपुर ९, चितवन श्री निशा अधिकारी, फुलवारी ३, चितवन सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ । यसै गरि बैठकले नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी ८, महोत्तरी निवासी श्री संजीव कुमार पाण्डेयलाई ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने, स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गर्ने , संस्था दर्ता (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गर्ने काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सो अबशरमा जानकारी गराइएको छ ।