चौतारा साँगाचोकगढी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

लोकप्रिय समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता यहि फागुन ८ गते देखि वितरण गर्न शुरु गरिएको छ । यस पटक सामाजिक सुरक्षा भत्ता लिँदा पासपोर्ट साईजको २ प्रति फोटो सहित बुझाउन पर्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका सुचना प्रविधिका अधिकृत रोशन घिमिरेका अनुसार  अगामी फागुन ८ गते देखि सकेसम्म सर्वसाधारण नागिरकको काममा बाधा नपर्ने गरि सुबिधाजनक ढङ्गबाट  सामाजिक सुरक्षा भत्ता वितरण गरिने योजना रहेको घिमिरेले बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाले दोश्रो चौमासिक किस्ता वापत रु ४,८६,६०,४००।

रकम वितरण गर्ने भएको छ । जसमा १४ वटा वडामा रहेका २४१८ जना जेष्ठ नागरिकको लागि रु १,९३,२२,०००। दलित जेष्ठ नागरिक २१९ जनाको रु १७,४८,०००। एकल महिला १५१२ जनाको रु १,२०,८६,०००। पुर्ण अपाङ्गता २०३ जनाको  भत्ता रु २४,३६,०००। २४१ जनाको अति अशक्त अपाङ्गता भत्ता रु १५,४२,४००। दलित बालबालिकको सुरक्षा भत्ता ४३४ जनाको रु ६,६६,०००। जेष्ठ नागरिक औषधी उपचार भत्ता २७१९ जनाको लागि रु १,०८,६०,०००। गरि ५०२७ जनाको लागि ४,८६,६०,४००। रुपैयाँ वितरण गरिन लागिएको छ । ७० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुलाई सरकारले थप मासिक एक हजारका दरले रकम थप गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वटै वडा कार्यलयहरु मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ भने नगरपालिकाले पनि सबै वडा अध्यक्ष तथा सचिवहरुलाई सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीसँग पासपोर्ट साईजको २÷२ प्रति फोटो लिएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनिएको छ ।

,