जिससद्धारा सम्माननीय सभामुख सापकोटालाई अभिनन्दन
लोकप्रियसमाचार सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीले संघीय प्रतिनीधि सभाको सम्माननीय सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा अग्नि प्रसाद सापकोटालाई सम्मान तथा बधाई का साथै नागरिक अभिनन्दन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्ष झम्क नेपालले सामुदायिक विद्यालयको प्रधानाध्यापक, संविधान सभाको २ पटक सदस्य ,मन्त्री र हाल संघीय प्रतिनिधि सभाको सम्माननीय सभामुख पदमा निर्वाचित हुनुभएको सापकोटा सालिन व्यक्तित्व,मिलनसार,सहयोगि,निडर,साहासी र प्रतिभासालि भएको कुरा बताउदै सफल कार्यकालको सुभकामनो व्यक्त गर्नु भयो ।
यसै गरि जिल्ला कै तर्फबाट संमन्वय प्रमुख कृष्ण गोपाल तामाङले सिन्धुपाल्चोक समृद्धको लागि जिल्ला भित्र उपलब्ध स्रोत,साधन ,श्रम सीपको समुचित प्रयोग योजनामा सहितको योजनामा निरन्तर सहयोग र युवा रोजगार प्रर्वदनमा थप सहयोगको अपेक्षा सहितको सुभकामना व्यक्त गर्नु भयो । जिल्ला संमन्वय समिति सिन्धुपाल्चोकको संयोजनमा गैर सरकारी संस्था,पत्रकार महासंघ ,कर्मचारी संगठन र उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो ।
जिल्ला समन्वय समितिको प्रमुख कृष्ण गोपाल तामाङको अध्यक्षता र सभामुख सापकोटाको प्रमुख अतिथि,पुर्व कानुन मन्त्री माननीय शेर बहादुर तामाङको विशेष आतिथ्यमा बधाई तथा सम्मान कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख,संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ,नागरिक समाज ,पत्रकार र अन्य व्यक्तित्वहरुको उपस्तिथिमा शनीबार चौतारामा कार्यक्रम सम्पन्न भएको हो । यस अघी साँगाचोकगढी नगरपालीका वडा नं १२ साँगाचोक भन्ज्याङ्कमा पनी फुलमाला लिएर स्वागत गरिएको वडा नं ११का वडा सदस्य दधिराम पराजुलीले जानकारी दिनु भयो ।