जि.सिन्धुपाल्चोकम जिल्ला ईन्द्रावती गाउँपालीका. वडा नं. १ मा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेका अनुसार घिसिङ टोल स्थित ईन्द्रावती गा.पा. वडा नं. १ बस्ने बर्ष ७० को फुर्वा तामाङको टिनले छाएको काठको १ तले घर र गोठमा अचानक आगलागी भएको हो । फागुण १२ गते दिउँसो अन्दाजी ४ बजेको समयमा आगलागीको खबर पाउँना साथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी अधिकृत सहितको टोली खटि गएको, स्थानीयको सहयोगमा प्रहरी टोलीले आगोनिभाउन सफल भएको थियो । आगलागी बाट मानवीय तथा चौपाया क्षति नभएको,
१.सुन – १ तोला २.पैसा २ लाख ५० हजार ३. ३ मुरी कोदो ४. ४ मुरी मकै
५. चामल ३ कुईन्टल ६. १० हजारको काठ ७. जस्ता १५ हजारको ८. २६ सयको पाल
९. लत्ता कपडा र नगरिकता लगायत अन्य कागजातहरु क्षती भएको छ ।
आगलागीबाट धनमालको क्षती
[email protected] Powered by Blogger.
