सानातिना विवाद समाधान गर्न अदालत धाउन नपर्ने ः न्यायधिस आचार्य
लोकप्रिय समाचार
जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा न्यायमा सहज पहँच स्थापित गर्न स्थापना भएको मेलमिलाप केन्द्र अनुगमन तथा मेलमिलाप सम्बन्धि अभिमुखिकरण कार्यक्रम मिति २०७६ माघ २४ गते सिन्धुपाल्चोक जिल्ला अदालतका माननिय न्यायधिस टिकाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला न्यायधिस अचार्यले प्राकृतिक श्रोत द्दन्द रुपाण्तरण केन्द्र नेपालको सहजिकरणमा स्थापना भएका मेलमिलाप केन्द्रले स्थानिय नागरिकलाई टोल टोलमा नै न्यायमा पहँच स्थापित भएको बताउँनु भयो ।
मेलमिलापको माध्ययमबाट विवाद समाधान गर्दा नजिकै सेवा पाउनुका साथै खर्च समेत नलाग्ने भएकाले दुर्गम यस हिमाली गाउँपालिकामा महत्व रहेको बताउँनुभयो । अब सानातिना विवाद समाधान गर्न अदालत धाउन नपर्ने बताउँदै मेलमिलाप केन्द्रबाट विवाद समाधान गर्न जोड दिनुपर्ने बताउँनु भयो । गाउँपालिका अध्यक्ष टाँसि लामाले यस पाँचपोखरी गाउँपालिका हाल सम्म विकासमा बामे सरिरहेकोमा अब जनताले देखिने गरि विकास गर्ने योजना रहेको साथै यस दुर्गम गाउँपालिकामा सरकारको तेस्रो अधिकार न्यायिक अधिकारलाई टोलमा नै न्याय दिलाउन मेलमिलाप केन्द्र व्यवस्थित गर्नुपर्ने बताउँदै गाउँपालिकाले अगामी वर्ष योजना बनाउने बताउनुभयो । जिल्ला बार इकाई अध्यक्ष भेषराम ढकालले जिल्ला अदालतमा न्याय पाउँन खर्चिलो भएकोले स्थानिय सरकार सञ्चालन ऐनको दफा ४७ बमोजिमका व्यतिवादी भई दायर हुने देवानि विवाद मेलमिलाप केन्द्रबाट समाधान गरी नागरिकलाई न्यायमा कम खर्चिलो बनाउन मेलमिलाप केन्द्रले भूमिका निर्बाह गरिरहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला अदालतका तहसिलदार अनिषा थापाले मेलमिलाप ऐन २०६८ ले स्थानिय तहमा मेलमिलाप केन्द्र खोल्ने प्रावधान बमोजिम यस जिल्लामा पनि मेलमिलाप केन्द्र गठन भएको बताउँदै सबैलाई सामान्य विवादमा अदालत धाउने भन्दा मेलमिलाप केन्द्रबाट नै विवाद समाधान गर्न सुझाव दिनुभयो । उँहाले मेलमिलाप केन्द्रमा विवाद समाधान गर्दा दुवै पक्षलाई जितै जित हुने र सहमति पनि सजिलै कार्यान्वयन हुने भएकोले मेलमिलाप केन्द्रमा जानुपर्ने बताउँनु भयो ।