खाडीचौरमा नेकपाको वृहत्त भेला ट्रेड युनियन कांगे्रस अध्यक्ष सहित तीन सय नेकपामा प्रवेश


लोकप्रिय समाचार
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वामपन्थी एकता गरेर चुनावी प्रतिष्पर्धामा भाग लिए पनि पार्टी एकता पछि पहिलो पटक निकै तामझामका साथ नेकपाले पहिलो पटक खाडीचौरमा कार्यक्रम गरेको हो । नेकपाका वरिष्ठ नेता एवम पुर्व प्रधामन्त्री झलनाथ खनालको सहभागीतामा नेकपाका केन्द्रीय स्तरका नेताहरु सहभागी भएको कार्यक्रममा नेताहरुले जनताको स्तरसम्म नै नेकपा एकताबद्ध भएको र अब कुनै पनि शक्तिले नेकपालाई हलाउन्न नसक्ने सामुहिक उद्घोष गरेका थिए । कार्यक्रममा ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष राधाकृष्ण श्रेष्ठ सहित करिव तीन सय नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये नेकपाको नौ स्थानीय तहमा एकल वहुमत रहेको छ । नेकपाले आयोजना गरेको शक्ति प्रर्दशनमा क्षेत्र नम्बर १ का सबै स्थानीय सरकारका प्रमुखहरु समेत सहभागी भएका थिए । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले लिम्पीयाधुरा सम्मकै भू–भाग समेटीने गरि नेपालको नयाँ नक्सा निर्माण गर्नुपर्ने बताउनु भएको छ । शनिबार नेकपा प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको ल्होसार विशेष कार्यक्रममा सिन्धुपाल्चोक आउनुभएका खनालले अतिक्रमित भू–भाग फिर्ता ल्याएर नेपालको नक्सा निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो । नेता खनालले चर्चामा रहेको एमसीसीबारे दश दिनभित्र निश्कर्षमा पुगिने बताउनुभएको छ । एमसीसीबारे खुला रुपमा उहाँले केहि बोल्नुभएन । तर पत्रकारको जिज्ञासामा खनालले दश दिनभित्र एमसीसीबारे टुंगोमा पुगिने खुलाशा भने गर्नुृभयो ।

,