पर्यटकिय सम्भावना र भक्तजनहरुको आस्था बोकेको छिपुकामाई देवि मन्दिर
दिपक थापा
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा नजिकै रहेको चौतारा साँगाचोकढी नगरपालिका–३, भलायखर्कमा अवस्थित करिब ३ रोपनी ३ आना जग्गामा फैलिएको श्री छिपुकामाई देवि मन्दिर मिति २०७६ साल मंसिर १ गते सिलान्यास भई २०७६ साल माघ २९ गते चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर श्री अमानसीं तामाङज्यूले उद्घाटन गर्नु भएको थियो ।
आजकाल चौतारा साँगाचोकगढी नगरपालिकामा “सानो गौरती” उपनामले चिनीएको यस मन्दिरले करिब १८ औँ शताब्दिमा बेत्रावती (कुविण्डें) खोलाबाट ल्याईएको करिब ८ फिट लामो ५०० केजि बराबर तौल र २० औं शताब्दिको अन्त्य तिर ल्याइएको करिब ६.५ फिट लामो २५० केजि बराबर तौलको न्चबलमउबबुक एष्ििबच “बाजेको खम्बा” नामले परिचित ढुंगे पोलहरुले यस मन्दिरलाई अझै पुरातात्विक झझल्को दिएको छ ।
गाउँघरमा भैपरि आउने जैविक विपत्ति तथा आस्थिक बिमारीहरुलाई समेत निको बनाउने आस्था बोकिएको यस मन्दिरमा स्वच्छ खानेपानी तथा भोज भतेरको लागी तयार पारिएको एक मन्दिर संगैको तल्लो चौरमा बनभोजको लागी समेत उपयुक्त ठाउँको प्रबन्ध भएको छ ।
पर्यटन वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने कुरा बताउँदै चौतारा–भलायखर्क–गैरीगाउँ सडकखण्डको ७ कि.मि. दुरी पारगर्दा पुगिने भलायखर्क गाउँमा रहेको यस मन्दिरले आन्तरीक तथा बाह्य पर्यटकलाई समेत लोभ्याउनेमा दुईमत नरहेको कुरा यसै वडाका वडा अध्यक्ष टेक बहादुर तामाङ बताउनुहुन्छ ।