बालुवाटार मात्रै होइनअरुमा पनि कारबाही अघि बढाउनु पर्छः पुर्ब मन्त्री तामाङ्ग,

 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री माननीय  शेरबहादुर तामाङले बालुवाटार प्रकरणमात्रै नभएर वाईडबडी, न्यारो बडीलगायत थुप्रै काण्डहरु रहेका कारण त्यसमा पनि कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताउँनु भएको छ  । उहाले जनताको अदालतमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्दै   वर्तमान सरकार आएपछि ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार काण्ड बाहिर ल्याएको बताउँनु भयो ।यो सरकार आएपछि म भ्रष्टाचार गर्दिन र हुन  पनी दिन्न भनेर  सरकारले  धारणा सार्बजनिक गरिसकेको हँुदा भ्रष्टचार गर्र्ने जो कोहीलाइ पनी सरकारले कार्बही गर्ने बताउँनु भयो । उँहाले यो प्रकरणले गर्दा भ्रष्टाचारीमाथि कार्बाहीको प्रक्रिया सुरु भएको छ  भन्नु हुँदै भ्रष्टचारलाइ शुन्यमा लानका लागी बर्तमान सरकार लागी परेको बताउँनु भयो । उँहाले अख्तियारकै पूर्व प्रमुख आयुक्त यो प्रकरणमा मुछिनु र मुद्दा दर्ता हुनु भनेको मुलुकको लागि पनि सकारात्मक सन्देश  भएको बताउँनु भयो  । उँहाले  आफू कानूनमन्त्री हुँदा सम्पत्ति सार्वजनिक गर्नुपर्छ भनेर आवाज उठाएको र कानून बनाउने पहल गरेकोे, बताउँनु हुँदै सबैको सम्पत्ति छानबिन गर्न पर्ने आबश्यकतामा  रहेको बताउँदै यसरी छानबिन गर्दा  अकुत सम्पती  देखियो भने कारबाही गर्नुपर्छ  भन्नु भयो ।ललिता निवासको सरकारी जग्गालाई लिएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि बिहीबार रिपोर्टर्स क्लब नेपालले  आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो ।   उँहाले समानान्तर रुपमा यो प्रकरणमा तीन वटा निकायले छानबिन गरिरहेको छ । अख्तियार, सिआईबी र सम्पत्ति शुद्धिकरणबाट छानबिन भैरहेको छ । अख्तियारले अहिले मुद्दा दर्ता गरेको छ । सिआईबीले पनि कारबाही अघि बढाउला, यो प्रकरणमा जो जो व्यक्तिमाथि मुद्दा चलाईएको छ, यसमा अहिले नै उन्मुक्ति दिन खोजियो भन्न सकिने अबस्था नरहेको बताउँनु भयो । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै  तामाङ्ग ले अख्तियारलाई अझै शक्तिशाली बनाउनु पर्ने अख्तियारको  यो कदममा सबैले साथ दिनुपर्ने बताउँन भयो उँहाले यो प्रकरणमा अन्य निकायबाट पनि छान बिन भैरहेकोले अहिले नै कसैलाई उन्मुक्ति दिन खोजियो भनेर निक्र्यौल गर्नु हतार हुने समेत बताउँदै सबै निकायबाट रिपोर्ट आएपछिमात्रै कसले उन्मुक्ति पाउने हो ? कसले नपाउने हो भन्ने कुराको निक्र्यौल हुने स्पष्ट पार्नु भयो ।