पुर्ब मन्त्री बास्कोटाको भनाइ प्रती काँग्रेसको भत्र्सना



नेपाली काँग्रेसले पुर्ब सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा को भनाइ प्रती भत्र्सना गर्दै प्रेस विज्ञप्ति प्रकाशन गरेको छ ।कााग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण द्धारा जारी बिज्ञेप्ती मा भनीएको छ । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्थानीय प्रतिनिधिसँग कमिशनका लागि कुरा गर्ने सन्दर्भमा राष्ट्र सेवक कर्मचारीहरुलाई प्रयोग गरेको भाषा प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा रहेर अत्यन्तै अमर्यादित, अशोभनीय एवं आपत्तिजनक भाषा प्रयोग गर्नु निन्दनीय एवं लज्जास्पद विषय हो । यस कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति प्रकट गर्दछ । यस प्रकारको क्रियाकलापले गर्दा राष्ट्र सेवक कर्मचारीलाई पर्न गएको आघात प्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।  भनीएको छ ।  यसै बिच काँग्रेसले चितवन जिल्ला माडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नेता श्री कृष्ण प्रसाद पौडेल गत फागुन ७ गतेबाट माडीका जनताको वास्तविक आवाज बोकेर त्यस क्षेत्रको चौतर्फी विकासका साथै माडी नगरवासीका हकहितका लागि ७ बुदे माग सहित आमरण अनसन बस्नु भएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काग्रेसका सचेतक खाणद्धारा जारी अर्काे बिज्ञेप्तीमा भनीएको छ ,राष्ट्र विकासका लागि जनप्रतिनिधि स्वयं नै आमरण अनसन बस्नु पर्ने वाध्यता सृजना हुनु वर्तमान सरकार देश विकास र जनहितकारी कार्यमा असक्षम भएको पुष्टि भएको छ . व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको पक्ष एवं विकासका लागि बस्नु भएको आमरण अनसन प्रति उच्च सम्मान प्रकट गर्दै नेपाली कांग्रेस संसदीय दल ऐक्यबद्धता जनाउँदछ .आमरण अनसनको चौथौ दिन वितिसक्दा पनि स्थानीय र संघीय सरकारले चासो नदेखाउनु र उदासिन हुनु दुःखद पक्ष हो । माडीवासीको तर्फबाट अनसनरत रहनू भएका जनप्रतिनिधि पौडेलको दिनानुदिन स्वास्थ्य स्थिति समेत नाजुक हँुदै गएको छ . तसर्थ उहाँले राख्नु भएका जायज मागलाई तत्काल वार्ताद्वारा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरी आमरण अनसनमा बस्नु भएका पौडेलको अनसन अन्त्य गरी उहाँको जीवन रक्षा गर्न स्थानीय र संघीय सरकार एवं सम्बद्ध पक्ष सँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ  भनीएको छ । .


, ,