असहायलाई उद्योग वाणिज्य संघको सहयोग

लोकप्रिय समाचार
सिन्धुपाल्चोक उद्योग वाणिज्य सँघले जिल्लाका तीन असहायलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका ४ पिस्करका २९ वर्षीय संगिता थामी, ६४ वर्षीय गथेरा थामी र ८६ वर्षीय मनमाया थामीलाई नगद सहित अन्य सामाग्री समेत प्रदान गरिएको छ । संगिता आफ्नो घर र परिवार नभएकाले दिदीसँग आश्रय लिएर बसिरहनु भएको छ भने गथेरा र मनमाया आमा छोरा हुनुहुन्छ ।सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठका  अनुसार संगितालाई नगद २० हजार र मनमायाको आमा छोरालाई ३० हजार सहयोग गरिएको छ ।

,