२१गते पछी मात्र एम सीसीको निर्णयहुने प्रचण्ड


नेकपाका अध्यक्ष पुर्ब प्रधान मन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले ःएमसिसि अहिले संसद देखि हरेक ठाउँमा चर्चामा रहेको विषय बनेको छ ।

यसमा धेरै चिन्ता लिन पर्ने बिषय नभएको बताउँनु भएको छ ा  उहाँले ५५ अर्बमा राष्ट्रिय हित विपरित कुनै सम्झौता नहुने स्पस्ट पार्नु भयो  । उँहाले  सिन्धुपाल्चोक जिल्लाको सुकुटे महोत्सवका उद्धघाटन गर्ने क्रुममा यस्तो बताउँनु भएको हो । अध्यक्ष दहाल द्वारा महोत्सव बेलुन उडाएर उद्घाटन गर्दै महोत्सवलाई सम्बोधन गर्ने क्रममा  राजनीतिक नेताहरु मध्ये आफू सबैभन्दा पहिले सुकुटे आएर बस्ने व्यक्ति रहेको स्मरण गराउनुभयो । महोत्सव उद्घाटन अघि प्रेस संगठन सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले देश र जनताका लागि नेकपा नेता वामदेव गौतमले ठुलो योगदान गरेकाले राष्ट्रिय सभामा लैजान लागेको स्पष्ट पार्दै नेकपा सचिवालय भित्र नौ सदस्य छौ,सात जना संसदमा छौ,दुइ जना बाँकी छौ,उहाँहरुलाई पनि लैजान यो निर्णय भएको हो’  भन्नु भयो । अमेरीकी मिलीनियम च्यालेन्ज कर्पाेरेश(एमसीसी) को विषयम दाहालले पार्टी भित्र गठीत अध्ययन समितिले आगामी २१ ग्ते अन्तिम प्रतिवेदन बुझाउने र त्यसपछि मात्रै पास गर्ने की नगर्ने भन्ने ठोस निर्णय हुने दाहालले बताउँदै श्रीलकाको मन्त्रीपरिषदले समेत एमसीसी अनुमोदन नगर्ने निर्णय गरेको अबस्थामा  ‘५५ अरब पैसा धेरै होइन,यो पैसाका लागि गलत ढंगल राष्ट्रहित बिपरीत सम्झौता हुदैन  भन्नु भयो ।वर्षमा आफु कम्तीमा पनि एक पटक सुकुटे आउने गरेको बताउँदै दाहालले यो क्षेत्रको पर्यटकीय भविष्य राम्रो भएको बताउँनु भयो  । शनीबार देखि सुरु भएको प्रथम सुकुटे महोत्सनेपाल भ्रमण वर्षलाई सफल बनाउने उदेश्य राखेर आयोजना गरिएको प्रथम सुकुटे महोत्सव चार दिनसम्म सञ्चालन हुने छ ।


, , ,