‘शिक्षक अभाव टार्न आयोग खुलाउने कि कार्यकर्ता भर्ती गर्ने’ के.सी.


चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाउँनु भचउको छ ।  नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहसनहस पार्न सरकार नै क्रियाशील रहेको दाबी समेत गर्नु भयो । 

संघीय शिक्षा ऐन ल्याउन ढिलाई गर्दा स्थानीय सरकारहरुले स्थानीय स्तरमै आफुखुसी ऐन नियम बनाउन थालेका भन्दै केसीले शिक्षामा समस्या माथि समस्या थप्ने काम सरकारले गरिरहेको बताउँनु हुँदै केसीले ‘भर्खरै अस्थायी शिक्षक समस्या समाधान भएको थियो फेरी स्वयंसेवक शिक्षकका नाममा अर्को अस्थायी शिक्षक समस्या सिर्जना गर्ने काम भएको छ भन्नु भयो  ।’
कार्यक्रममा बोल्दै केसीले ‘स्वयंसेवक शिक्षकका नाममा शिक्षालाई तहसनहस पार्ने खेल शुरु भइसकेको स्पष्ट भएको बताउँनु भयो  ।
शिक्षक अभाव भएका स्थानमा दरबन्दी सिर्जना गरेर स्थायी समाधान गरिनुपर्नेमा जोड दिँदै उहाँले शिक्षकका नाममा कार्यकर्ता भर्ती गर्न नपाइने जिकिर गर्नु भयो  ।
शैक्षिक गुणस्तर नष्ट गर्दै शिक्षामा राजनीति गर्दा मुलुक वर्षौ पछाडि धकेलिने बताउँदै केसीले विद्यालय कर्मचारी, राहत, इसिडि शिक्षकको स्थायी समस्या समाधान गर्नको साटो सरकार पुनः अर्को समस्या खडा गर्न उद्दत रहेको भन्दै शिक्षक समुदायले नै यसको विरोध गर्नुपर्ने बताउँनु भयो ।
आफू शिक्षामन्त्री हुँदा शिक्षकहरुसँग सडकमै गएर सम्झौता गरेको स्मरण गर्दे उहाँले विद्यालय कर्मचारी र इसिडि शिक्षकको समस्या समाधानमा चासो दिन सरकारसँग आग्रह गर्नु भयो  ।
कार्यक्रममा चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटाले देश बनाउने शिक्षक नै भएकाले शिक्षकहरुको मर्यादित पेशालाई सरकारले धुमिल्याउन नहुने तर्क  राख्नु भयो  ।
 अर्को प्रसंगमा आफ्ना सनतान निजी विद्यालयमा पढाएर शिक्षकहरु सामुदायिक विद्यालयमा विद्यार्थी घटे भनेर रोइलो गर्नुको कुनै अर्थ नभएको भन्दै कक्षाकोठामा राम्रो शिक्षण गरेर विद्यार्थी आकर्षित गर्न सबै सँग आग्रह गर्नु भयो  ।
कार्यक्रमका बिशेष अतिथि नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवालीले शिक्षक खुसी हुँदा बल्ल देश हास्ने बताउँनु भयो  । विद्यालय छुट्टी भएपनि बालबालिका घरजान मन नगर्ने बालमैत्री वातावरण बनाउन शिक्षकहरुसँग आग्रह गर्दै ज्ञवालीले अधिकारसँगै आफ्नो पेशागत मर्यादालाई भुल्न नहुने बताउँनु भयो  ।  शिक्षकका कार्यक्रममा खाली अधिकार र मागका बारेमा मात्रै बहस हुने गरेको प्रति दुख व्यक्त गर्दै उहाँले अब शिक्षा कस्तो बनाउने ? कसरी सुधार गर्ने ? भन्ने विषयमा पनि बहस गर्न आग्रह गर्नु भयो  । त्सै गरि कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाल शिक्षक संघ बाग्मती प्रदेशका अध्यक्ष नारायण तिमल्सिनाले सरकारले भर्ती गर्न खोजेको स्वयंसेवक शिक्षकले शिक्षामा झनै विभेद ल्याउने र गुणस्तर खस्कने भन्दै चिन्ता व्यक्त गर्नू भयो  । संघले यस प्रक्रियाको विरोध गर्दै लिखितरुपमै मन्त्रालयमा पठाइसकेको जानकारी दिँदै उहाँले अपुग शिक्षकको दरबन्दी नै सिर्जना हुनुपर्ने बताउँनु भयो  ।
शिक्षकमाथि सरकारले जति प्रयोग र प्रहार गर्छ त्यति नै मुलुक पछि पर्ने भन्दै मुलुक समृद्धिको आधार शिक्षक भएकोमा तिमल्सिनाले जोड दिनु भयो  ।
कार्यक्रममा आफनो भनाइ राख्नु हुँदै संघका बाग्मती प्रदेश उपाध्यक्ष नेत्रप्रसाद घिमिरेले शिक्षकले आफूभित्रको प्रतिभा र शक्ति पहिचान गर्दै कक्षाकोठामा त्यसको प्रस्फुटन गर्न आवश्यक रहेको बताउँनु भयो  ।  अबको शिक्षक आन्दोलन कक्षाकोठामा राम्रो शिक्षण गरेर हुनुपर्ने र त्यसको शुरुवात चितवन शिक्षक संघबाट हुनुपर्ने उहाँको भनाइ  रहेको थियो । कार्यक्रममा बोल्दै शिक्षक संघ चितवनका अध्यक्ष डा. हरि कँडेलले समयसँगै शिक्षक आन्दोलन र शिक्षाका कोर्षहरु बदलिँदै जाने बताउँनु भयो  । अब नेतृत्वका लागि विद्यालय सुधार मापदण्ड बन्नुपर्ने भन्दै कँडेलले शिक्षकको पहिलो कर्तव्य भनेकै कक्षाकोठामा असल शिक्षण गर्नु भएको बताउँनु भयो  ।  चितवन संघको आगामी रणनीति सार्वजनिक विद्यालयको सुदृढीकरणमै केन्द्रित रहने स्पष्ट पार्दै सीप र प्रविधियुक्त सिकाइको अभियान सञ्चालन गर्ने तयारी भइरहेको स्पष्ट पार्नू भयो  ।
कार्यक्रममा जिल्लाको सार्वजनिक शिक्षाको सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । प्रतिनिधि सभामा स्वागत मन्तव्य संघकी महिला उपाध्यक्ष  इन्दिरा मरहठ्ठा र सञ्चालन सचिव प्रेमराज पौडेलले गरर्नु भएको थियो का । बन्दसत्रमा सचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, अर्थ सचिवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र महिलाउपाध्यक्षद्वारा प्रस्तुत महिला विभागको प्रतिवेदन छलफलपश्चात् सर्वसहमतिले पारित गरिएको थियो ।


, , , , ,