महासंघको पाँचौ अधिवेशन सम्पन्न
लोकप्रिय समाचार
नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला शाखा, सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशन तथा महिला उद्यमी सम्मेलन जिल्लाको चौतारामा २०७६ फागुन २५ गते सम्पन्न भएको छ । अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष उषा तामाङ लगायतका पदाधिकारीहरु २५ सदस्यीय कार्यसमिति चयन भएको छ भने महिला उद्यमी सम्मेलन मार्फत नवनिर्वाचित महिला उद्यमी समिति अध्यक्ष गिता भट्टराईको नेतृत्वमा १७ सदस्यीय समिति चयन भएको छ । सम्मेलनमा जिल्लाका
महासंघले यसको नेतृत्वदायी भुमिका निर्वाह गरी सम्पूर्ण उद्यमीहरुको हितमा सदैव अग्रसर रहने प्रतिवद्धता नवनिर्वाचित अध्यक्षद्धारा भएको थियो । जिल्लामा छरिएर रहेको उद्योगीहरु सशक्त रुपमा संगठित भई अघि बढ्न जिल्लाका १२ वटै पालिकाहरुमा पालिका संघ गठन गर्ने निर्णय भएको थियो । सभाको अध्यक्षता महासंघ पूर्व अध्यक्ष नारायण वि.क.ले गर्नुभएको थियो ।