बंगलादेशबाट फर्किएकी रेडियोकर्मिसँग संचारकर्मीको अनुभव आदान प्रदान

सामुदायिक रेडियोकर्मि सटहि आदान प्रदान कार्यक्रमबाट बंगलादेशबाट फर्किएका रेडियोकर्मि सहित रेडियो सिन्धुले आज सिकाई अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । यो वर्ष  कार्याक्रमको लागि रेडियो सिन्धुबाट प्राविधिक चन्द्रकला खत्री सहित अरु २ जना छनौटमा परेका थिए ।

  एक वर्ष बंगलादेशमा बसेर काम गरेसंगै उनिहरुले बंखलादेशको सामुदयिक रेडियोबारे गरेको अध्यन तथा अनुभव साटेका छन् ।
स्वयमस्वयक मार्फत बंगलादेशमा रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गरीने पद्दतीको नेपालका सामुदायिक रेडियोले अनुशरण गर्न आवयक रहेको उनिहरुले बताएका छन् ।
कार्यक्रममा चौतारा सांगाचोकगढि नगरपालिका  प्रमुख अमान सिं तामाङले एक वर्ष वंगलादेशको रेडियोमा काम गर्दा बटुलेको अनुभव र  सिप नेपालको रेडियोमा लागु गरेर दक्षता देखाउन सुभकामना ब्यत्तः गर्नुभयो । अर्को फरक प्रसगमा नगर प्रमुख तामाङले विश्व कोरोना जस्तो विपत संग लडिरहेको अवस्थामा संक्रमण भित्रने नदिन नगरपालिकाले पुर्व तयारीमा निकै ध्यान दिएको उल्लेख गर्नुभयो ।
 जिल्ला समन्वयमा आईसुलेसन वार्ड स्थापना, ५० हजार माक्स निमार्ण, बन्देउमा चेकिङ, वडा वडामा पुगेर सचेतना माईकिङ जस्ता क्रीयाकलापलाई नगरपालिकाले अगि सारेको उल्लेख गर्नुभयो । यस्तै रेडियोका स्टेशन प्रमुख रत्न प्रसाद श्रेष्ठले भुकम्प ,पहिरो जस्ता विपदमा रेडियोले खेलेको भुमिका स्मरण गर्दै कोभिड १९ बारे सचेतना जगाउन रेडियोले काम गर्दै जाने उल्लेख गर्नुभयो ।

,