कोरोना विरुद्ध सिन्धुपाल्चोकमा यात्रु सचेतना अभियान सुरु


सिन्धुपाल्चोक  कोरोना भाइरसको त्रास हटाउन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यात्रु सचेतना अभियान सुरु गरेको छ ।


जिल्लाको वनदेउ नाकाबाट एक समारोहका विच वागमती प्रदेश कार्यालय हेटौँडाका निमित्त प्रमखु किशोर कुमार दाहाल र कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जनले संयुक्त रुपमा यात्रु तथा चालकलाई कोरोना बारेमा छोटो जानकारी र सचेतना मुलक पर्चा वितरण गरेर सुभारम्भ गर्नु भएको थियो । सो अवसरमा एसपी महर्जनको अगुवाईमा याुत्र सहायता कक्षसहित कोरोना हेल्प डेस्क स्थापना गरेर यात्रु सचेतना अभियान सुरु गरिएको थियो । 
छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाईरस विरुद्धको सचेतना अभियान वागमती प्रदेश प्रहरीको अभियानलाई साथ दिदै यात्रु सचेतना अभियान सुरु गरेको एसपी प्रज्वल महर्जनले बताउँनु भयो  । दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउने, कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन कार्यक्रमको आयोजना गरेको एसपी महर्जनले प्रष्ट पानैु भयो  ।
यो जिल्ला चीनसगँ सिमा जोडिएको छ, भन्दै  जनताको स्वास्थ्यमा ध्यान दिदै सुरु गरिएको अभियानले राम्रो सन्देश दिने हाम्रो अपेक्षा हो भन्नु भयो  ।


 सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने सो अवसरमा बोल्दै वागमती प्रदेश कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले बताउँनु भयो  ।
वागमती प्रदेश प्रहरी कर्यालय हेटौँडाको कोरोना भाईरस विरुद्धको सचेतना अभियान अन्र्तगत चीनसगँ सिमा नाका जोडिएको यस जिल्लाबाट जाने तथा आउने यात्रुलाई वसमा नै चढेर सचेतना मुलुक पर्चा वितरण गर्दै यात्रु सचेतना अभियान सुरु गरिएको थियो।
बह्रविसेमा प्रहरीको नोभल कोरोना भाइरस विरुद्ध सचेतना प्रशिक्षण
सिन्धुपाल्चोक स् वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा बह्रविसे नगरपालिकामा कोभिड १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरीएको छ ।

विभिन्न जिल्लाको विकट स्थानमा यसअघि नै सचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरीले आज बह्रविसे नगरमा विभिन्न समुदायलाई लक्षित गरि सचेतना कार्यक्रम आयोजना गरेको हो।
विश्वलाई नै आक्रान्त बनाएको कारोना भाईरसका बारेमा सचेतना फैलाउने अभियान अन्र्तगत प्रदेश अन्र्तगतका १० जिल्लामा विभिन्न सचेतना मुलुक कार्यक्रम जारी राखेको वागमती प्रहरीका निमित्त प्रदेश प्रमुख किशोरकुमार दाहालले बताँउनु भयो ए । उहाँले यो सगैँ लागुऔषध नियन्त्रण, घरेलु हिसां रोकथामसहितका अभियान समेत जारी राखेको उल्लेख गर्नुभयो । 
 सो अवसरमा स्थानियहरुले यस्ता सचेतना कार्यक्रम प्रहरी र जनता विचका साझेदारी शहर भन्दा पनि गाउँमा पुराउन माग गरिएको थियो । सो अवसरमा बोल्दै सिन्धुपाल्चोक प्रहरीका प्रमुख एसपी प्रज्वल महर्जनले  प्रहरी र स्थानीय जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको  जानकारी दिनु भयो  । यस्तै वागमती प्रदेश प्रहरी कार्यालयका निरीक्षक देवराज काफ्ले सचेतना कार्यक्रमबाट प्राप्त भएका कुराहरुलाई आम जनताले आफु, आफ्नो परिवार हुदै समाजको दुर दराजसम्म पुराउने पर्नेमा जोड दिनु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ  ।

, , ,