५ पालिकामा खोप अभियान शुरु

नेपाल सरकारले शुरु गरेको दादुरा रुवेला खोप अभियान सिन्धुपाल्चोक जिल्लामा  पनी चैत्र १ गते वा हिजो शनिबार देखि सुरुवात गरिएको छ  ।  जिल्लाको  सदरमुकाम चौतारा सांगाचोकगढी नपा वडा नं. ५ को कार्यालयबाट  उक्त कार्यक्रमको शुरुवात गरिएको हो ।



कार्यक्रमको प्रमुख अतिथीे नगर प्रमुख अमान सिं तामाङले स्वास्थ्यकर्मिलाई भ्याक्सिन हस्तान्तरण गरेर दादुरा रुवेला खोप अभियानको सुरुवात गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै तामाङले मानिसको स्वास्थ्य नै मुख्य सम्पती भएको हुँदा यसको जगेर्ना र हेरचाह गर्नुपर्ने बताउनुभयो ।  यस्तै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईले खोप कार्ड हस्तान्तरण गर्नुभएसँगै चौतारा साँगाचोक गढी नगरपालकिा वडा ५ का वडाध्यक्ष नरमान श्रेष्ठले सिरिन्ज हस्तान्तरण गर्दै  खोप अभियानको शुरु गरिएको हो ।
नगरप्रमुख र अध्यक्ष द्धयले खोप हस्तान्तरण गरीसकेपछि १६ महिने बालिका रक्षा बुढाथोकीलाई पहिलो खोप सेव दिएर कार्यक्रमको शुभारम्भ गरिएको थियो । ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाका लागि दादुरा तथा रुवेला खोप अभियान दुई चरणमा सञ्चालन गरिने कार्यक्रम रहेको छ ।  पहिलो चरणको खोप अभियान चैत १ देखि १० सम्म र दोस्रो चरणको खोप चैत १५ देखि २५गतेसम्म सञ्चालन हुनेछ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले चैत्र १ देखि २५ गतेसम्म दुई चरणमा सञ्चालन हुने दादुरा रुवेला खोप अभियान जिल्लाको १२ वटै स्थानीय तहमा सञ्चालन गरिने जानकारी दिनुभयो ।
पहिलो चरणमा शनिबार देखीको खोप अभियान चौतारा सांगाचोकगढी,मेलम्ची नगरपालिका ,ईन्द्रावती, हेलम्बु र पांचपोखरी थाङपाल गाउँपालिकामा शुरु भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिनु भएको छ ।  स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका खोप अधिकृत पारथमणी न्यौपानेका अनुसार जिल्लामा ७० प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा खोप लगाउने गरेका मा यस बर्षबाट यस तथ्याङकलाई ९० प्रतिशतमा पुर्याउने लक्ष रहेको बताउनुभयो । सन् २०१९ सम्मपनि जिल्लामा दादुरा र रुबेलाका विरामि देखिएकाले खोप कार्यक्रममा आफ्रना बालबालिकालाई अनिवार्य लैजान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
सबै पालिकाले ९ महिना देखि पाच वर्ष मुनिका बालबालिका भएको घरमा खोप अभियानमा सहभागि हुन निमन्त्रण कार्ड समेत पठाउन थालेका छन् । खोप अभियानमा वडा अध्यक्षको रोहवरमा गठन भएको वडा खोप समन्वय समितिले कोहि बालबालिका नछुटुन भन्दै अभियान संचालन गरेको छन्  ।

, ,