एसईई परीक्षाको तयारी पुरा केन्द्राध्यक्षहरुलाई ३५ बुदे निर्देशन
शिक्षा बिकास तथा समन्वय ईकाइले निर्देशनहरुको परिपालना गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्नुहुन अनुरोध गरेको छ । सम्बन्धीत परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका सुुचना अधिकारी रमा कान्त अर्यालका अनुसार परीक्षालाई अनुशासित एवं मर्यादित रुपमा सञ्चालन गर्नका लागि स्थानीयस्तरका राजनीतिक दल एवं सरोकारवालाहरुको बैठक राखी एक समिति गठन गर्ने र बाहिरको वातावरणलाई स्वच्छ राख्ने प्रतिवद्धता गर्नेे ।, सिट प्लान गराउँदा नियमित, एक्जाम्पटेड र प्राबिधिक समूुहलाई छुट्टाछुट्ै र एउटै विद्यालयका परीक्षार्थीहरु सकभर एउटै बेन्च र एउटै लहरमा नपर्ने गरी बसाई व्यवस्थापन गर्ने । , परीक्षा हलमा परीक्षार्थी प्रवेश गर्नुभन्दा पहिला मूल गेटमा नै सम्पूर्ण परीक्षार्थीहरुको सुरक्षा र अनुगमन प्रतिनिधिको उपस्थितिमा शरीर तलासी गरी पहिलो दिन आधि घन्टा अगाडी र अन्य दिन पन्ध्र मिनेट अघि प्रवेश पत्रका आधारमा मात्र प्रवेश गराउने तथा १ घण्टा पछि आउने परीक्षाथीलाई परीक्षामा समावेश नगराउने ।, परीक्षा केन्द्रको निश्चित क्षेत्र कायम गरी अनाधिकार व्यक्तिलाई सो क्षेत्रमा प्रवेशमा रोक लगाउने ।, परीक्षा सम्बन्धी आवश्यक पर्ने सामग्रीहरुको तयारी परीक्षा सञ्चालन हुनु भन्दा एक दिन अगावै गर्ने र प्रश्नपत्रको पोका एवं उत्तरपुस्तिका रुजु गर्ने साथै प्रश्न पत्रको विषयगत पर्याप्तता र दैनिक रुपमा उपयोग गर्ने क्रममा पूर्ण एकिनकासाथ खोल्दा विषय र मिति एकिन गरी सुरक्षाकर्मीसहित ५ जनाको उपस्थितिमा मुचुल्का गरेर मात्र खोल्ने । जस्ता ३५ बुदे निर्देशन गरेको छ ।
चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट ४ हजार १ सय ४ जना परीक्षार्थीहरु सहभागी रहने छन् । सिन्धुपाल्चोकमा ४ सामुदायिक विद्यालयमा बालिविज्ञान,सिभील इन्जिन्यिर र बालि विज्ञान विषय पढाइ हुने गरेको छ । यस बर्ष जिल्लामा कूल विद्यार्थी ४२४९जना सहभागी हुनेछन् । जसमा २३२४ जना छात्रां र १९२५ जना छात्र रहेका छन् ।
जसमा सामुदायिक तर्फ ४०६९ र संस्थागत तर्फ १८० जना बिध्यार्थी सहभागी रहने सुुचना अधिकारी रमा कान्त अर्यालले जाकारी दिनुभयो । अर्यालका अनुसार यसबर्ष १० जना (५ छात्रा ं५ छात्र) खुला तर्फ र ३ जना (१ छात्रा ं२ छात्र) जना अनौपचारीक खुला विद्यालय तर्फबाट बिध्यार्थी सहभागी हुने छन् । जिल्लामा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईले एसईई परीक्षाको लागि प्राविधिकधार तर्फ एसईईमा सहभागी हुने सबै परीक्षार्थीहरुका लागि सदरमुकाम चौतारा स्थीत कृष्णरत्न गंगा माविमा परीक्षा केन्द्र निर्धारण सहित २३ परीक्षाकेन्द्र निर्धारण गरेको छ ।
एसईई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तीका समेत लगिसकेको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायत अन्य सुरक्षा निकायहरुसँग समन्वय गरेर परीक्षाकेन्द्रमा सुरक्षाकर्मी समेत खटाएको छ ।