सिन्धुपाल्चोकमा लगडाउन कडा हुँदै


कोरोना भाइरसको रोकथाम,नियन्त्रण र उपचारको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा  गठीत कमाण्ड फोर्स को बैठकले  भारत लगाएतको बिदेसबाट आएकाहरुको  बिबिरण उपलब्ध गराउँन स्थानी जनप्रतिनिधीहरुलाइ अनुरोध गरेको छ ।


जिल्ला सम्मन्वय समितीको प्रमुख कृष्ण गोपाल तामाङ्गको प्रमुख अतिथ्यतामा  प्रमुख जिल्ला अधिकारी  उमेश कुमार ढकालको अध्यक्षतामा  शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हरेक पालीकामा लगडाउँनमा स्थानीयहरुको चहलपहल देखीएकाले कडाइ गर्नूका साथै  टि नासक औषधी छर्ने निर्णय  गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख सहित १२ स्थानीय तहका कार्यकारी अधिकृत सहित बैठक सम्पन्न  भएको हो । प्रमुख जिल्ला अधिकारी  उमेश कुमार ढकालको अनुसार स्थानीय  बैङ्कहरुलाइ काउण्टर खोलेर सहयोग गर्न अनुरोध गर्नु का साथै हरेक वडामा मानीसहरुलाइ आबत जावतमा कडाइ गर्दे सुरक्षा निकाय बाट  अनुगमन गरी कार्बाही अगाडी बढाउँने निर्णय भएको छ भने किट नासक औषधी छर्नका लागी नेपाली सेनाले मेशिन उपलब्ध गराउँने निर्णय भएको छ । उँहाले  सरकारले स्थानीय नागरिकको स्वास्थ्य सुरक्षाका लागी गरिएको निर्णय स्थानीय नागरकले कार्यन्वयन गरेर घरमा नै बस्न पर्ने बताउँदै रोग लागे पछी उपचार खोज्नु भन्दा रोग लाग्नै नदीन तर्फ लाग्न पर्ने बताउँनु भयो । जिल्लामा रहेका पालीकाका प्रमुख प्रशासकिय अधिकृत हरु लगाएतको सुरक्षा निकाय नगर प्रमुखहरुको उपस्थितीमा भएको बैठकले स्थानीय पालीकाहरुले छिटै  किट नासक औषधीको ब्यबस्था गरेर पालीकाहरुमा छर्ने ब्यबस्था भएको बताउँनु भयो । 

, , , , ,