सरकारद्धारा लगडाउँनको म्याद थप्दै महत्वपुर्ण राहातको निर्णय


सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । चैत, काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित भएको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई समेत बैशाख २५ गते सम्म सारेको छ भने लग डाउनको म्याद पनी चैत २५गते सम्म सारेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कर रकमहरु दाखिला गर्ने म्याद बैशाख २५ गतेसम्मलाई सारेको हो ।सरकारको यो निर्णयसँगै मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ  । विद्युत, खानेपानी, टेलिफोन शुल्क फाल्गुन र चैत महिनाको महसुल भुक्तानी वैशाख मसान्तसम्म बुझाएमा विलम्ब भुक्तानी वा जरिवाना नलाग्ने निर्णय गरेको छ  ।दुरसञ्चार कम्पनीले लकडाउन अवधिमा इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिनेछ भने निजी सेवा प्रदायकले पनि यस्तो छुट दिनुपर्नेछ ।यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले चामल, पिठो, दाल, तेल, चीन लगायतका खाद्य वस्तुको खरिदमा हालको मूल्यमा १० प्रतिशत छुट दिइने भएको छ । यसैगरी, सवारी चालकको लाइसेन्स, रुट परमिट लगायत नवीकरण गर्ने समय पनि बैशाख मसान्तसम्म थप गरिएको छ । यो अवधिमा कुनै विलम्ब शुल्क नलिने सरकारले जनाएको छ। सरकारले रातको लागी गरिएको १निजि विद्यालयको १ महिनाको शुल्क छुट।
२. घरभाडा छुट३. दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत।४. विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने।५. मदिरा आयातमा रोक।६. सुनको आयतमा कटौती।७. महङ्गो गाडी आयतमा रोक।८. लकडाउन जारी र थप।९. विद्युत महसुल र खाद्यान्नमा छुट।१०. स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा।११. इन्टरनेट शुल्क २५ ५ कम।१२. कर बुझाउने समय बैशाखसम्म थप१३. अन्तरास्ट्रिय उडान बैशाख ३ सम्म बन्द१४. स्वास्थ्य सामाग्री आयातमा भन्सार छुट१५. श्रमिकलाई चैतको तलब रोजगारदाताले दिनुपर्ने१६. मरिच, सुपारी, केराउ, छगडा आयातमा रोक१७. २२ अर्ब बढी वैदेशिक ऋण लिने लगाएतका निर्णय हरु गरिएको छ ।

, , ,