कोरोना भाइरसबाट जोगिन स्थानिय तहको तयारी तिब्र

अर्जुन शर्माः चौतारा
बिश्वभरी फैलिएको कोरोनाको प्रभाबबाट पालिका बासीलाई जोगाउन स्थानिय तहले स्थानिय तहमा नै गर्न सकने कार्यहरुमा तिब्रता दिएको छ ।आफ्नो पालिका भित्रका नागरीकलाई सुरक्षीत राख्न पालिकाले आफ्ना आपफ्नै तयारीमा जुटेका छन् ।

जिल्लाको इन्द्रावती र हेलम्बु गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलन नदिन तापक्रम परीक्षणपछि मात्रै प्रवेश पालिका प्रबेश गराउन थलेको छ । पालिका बाहिरबाट पालिका प्रवेश गर्ने स्थानमा पैदल यात्री र सवारी साधनबाट आएका यात्रुहरुको तापक्रम परीक्षण गर्ने गरेको हो ।
इन्द्रावती र हेलम्बु गाउँपालिकाको गाउँ क्षेत्रमा टेक्ने जोकोहीलाई स्वास्थ्यकर्मीले साबुन पानीले हात धुन लगाउँछन् । त्यसपछिथर्मोमटरबाट तापक्रम मापन गरेपछि मात्रै गाउँपालिकामा स्वागत गरिने गरेको छ ।  यस्तै जिल्लाको सदरमुकाम समेत रहेकोे चौतारा साँगाचोकगढी नगरपालिकाले शनिबार मात्रै बैठक बसेर तत्काल रुपमा मास्क बनाएर नगरबासिमा बितरण गर्ने, सम्पुर्ण गाँउ बस्तिमा जनचेतनाका कार्यक्रम गर्ने र नगरभित्रनै चौतारा बहुमुखि क्याम्पस, जुगल क्याम्पस र मेलचौरको सामुदायीक भवनलाई आइसोलेसनको रुपमा निर्माण गर्ने जस्ता निर्णय गरेको छ । यस्तै बाह्रबिसे नगरपालिकाले आइसोलेसन वार्ड नै तयारी गरीसकेको छ
यस्तै सम्पुर्ण पालिकाहरुले पालिका भित्रका स्वास्थ्य संस्थामा आबश्यक औषधि सहितको तयारी गर्ने, जनचेतनामुलक कार्यक्रम गर्ने जस्ता तयारी गरेका छन् ।

, ,