कोरोना भाइरसबाट जोगिन नगरको बिशेष तयारी
कोरोना भाइरसबाट जोगिन चौतारा साँगाचोकगढी नगरपालिकाले बिशेष तयारी शुरु गरेको छ ।
कोरोना भाइरसबाट जोगिन नगरपालिको बिहिबार आकस्मिक बैठक बसेको छ । बिश्वभरी फैलिएको कोरोनाको प्रभाबबाट नगर बासीलाई जोगाउन के गर्न सकिन्छ भन्ने बिषयमा नगरपालिकाले बैठक राखेको हो ।
बिहिबार दिँउसो चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सीं तामाङको अध्यक्षतामा बैठक बसेको हो । बैठकले नगरबासीलाई कसरी कोरोना रोगबाट जोगाउन सकिन्छ भन्ने बिषयमा बैठक बसेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो
।
नगरपालिकाका सल्लाहाकार चन्द्र सापकोटा प्रशासकिय प्रमुख, सम्पुर्ण स्वास्थ्य केन्द्रका प्रमुख सहितको उपस्थितिमा बसेको बैठकले अब नगरपालिकाले गर्ने गतिबिधिको बिषयमा छलफल गरिएको थियो ।
बैठकबाट नगरपलिका भरि भोलिबाट कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक कार्यक्रस संचालन गर्ने निर्णय गरेको छ ।
देशले रोगबाट जोगिन तयार गरे सँगै नगरपालिका ले पनि नगरभित्रका स्वास्थ्य संस्थामा आबश्यक औषधि सहितको तयारी गर्ने जस्ता निर्णय गरेको छ । यस्तै मेलचौरमा रहेको सामुदायिक भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्ने निर्णाय समेत गरेको छ ।
स्थानीय स्तरमा नै मास्क बनाउनको लागी वडा कायाृलयलृ पअल गर्ने तथा नगरपालिकाले सहयोग र समन्वय गर्ने । यस सँगै नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई सुत्केरी र किरिया बिदा बाहेकका बिदा समेत नदिने निर्णय गरेको छ ।
यस्तै नगरपालिका भित्रका मठ मन्दिर चर्च, सच्चाई केन्द्र गुम्बाहरुमा भेटघाट तथा भेला गर्न रोक गर्ने निर्णय पनि गरेको छ ।
जिल्ला बिपद समितिले गरेको निर्णय समेतको पालना गरी नगरपालिकााले थप तयारी गर्ने भएको हो । बिहिबार बिहान नै जिल्ला बिपद व्यवस्थापन समितिको बैठक बसेको थियो ।
चिनको वुहान प्रान्तबाट फैलन शुरु गरेको कोरोना भाइरस हाल बिश्वभर फैलिएको छ । कोरोनाको प्रभावका कारण सम्पुर्ण कार्यक्रम रोक्न सरकारले निर्देशन दिइसकेको छ । कोरोनाकै कारण हिजोबाट शुरु हुने धनिइको माध्यामिक शिक्षा परीक्ष एसईई समेत स्थगित भएको छ ।