सिन्धुपाल्चोकमा तीनजना आइशोलेशन


सिन्धुपाल्चोक जिल्ला मा पनी  कोरोना भाइरसको आशंकामा तीनजनालाई आइसोलेशन वार्डमा राखि उपचार थालिएको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार सिन्धुपाचोल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा न ४ का तीन जनालाई कोरोना भाइरस संक्रमण भएको आसंकामा आइसोलेशनमा राखिएको हो ।
गत माघ २७ गते इराकबाट फर्किएकी ३४ वर्षिया निमास्याङबो शेर्पा, उहाँको १७ वर्षिया छोरी याङगी शेर्पा र सोही स्थानका ८० वर्षिय छिरिङदोर्जे लामालाई सुख्खा रुघाखोकी लागेपछि  रोग लागेको शंकामा बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा राखि उपचार सुरु गरेको वाह्रविसे स्वास्थ्य केन्द्रले जनाएको छ । सिन्धु पाल्चोक जिल्लामा  पहिलो पल्ट आइसोलेसनमा राखिएका तीनै जनाको युटिएम टेष्ट किट नभएका कारण नमूना संकलन हुन नसकेको डा. किशोर सुब्बाले बताउनु भयो । यस सम्बन्धमा स्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाइले शुक्रबार साझ किट पठाइएको र  नमूना संकलन गरेर शनिबार परीक्षणका लागि सरुवा रोग अस्पताल टेकु पठाउने तयारी रहेको  बताउँदै यो  शंका मात्र भएको ले आत्तीन नपार्ने बताउँनु भयो ।


, ,