कोरोना भाइरस अन्त्यका लागी चौतारामा होम पुजा
बिश्वभरी आतङ्क फैलाइ रहेको कोरोना भाइरसका कारण ज्यान जानेको संख्या दिन दिनै बढ्दै गएको छ । यस दुखदको घडीमा यो रोग लाग्न नदीनका लागी सरकारले आफ्ना नागरिकलाइ घर बाहीर ननिस्कन र निस्कनै परे पनी सुरक्षित साथ निस्कन अनुरोध गरेको छ ।

यस अबस्थामा नेपालका नागरिकहरु मा यस रोगका कारण ठुलो त्रास फैलाएको छ । नागरिकको आत्माबल बढाउँनका साथै रोग नलागोस भनेर सिन्धु पाल्चोक जिल्लाको सदरमुकाम चौतारामा होम जप गरिएको छ । पण्डीत रिपुनाथ नेपालको संयोकत्वमा सनातन धार्मीक अभियानता नेत्र बहादुर बस्नेत, अर्जून सापकोटा, सुन्तली ढुङ्गेल राजेन्द्र सापकोटाको आयोजनामा भएको उक्त होम जप पाठमा सुदर्शन नेपालले चण्डी पाठ गर्नु भएको थियो भने रिपुनाथ नेपालले होम जप गर्नु भएको थियो । चौतारा साँगाचोकगढी नगरपालीकाको वडा नं ५ स्थित बनकाली दुर्गा भगवतीको मन्दरिमा गरिएको उक्त होमको नामै कोरोना होम राखीएको आयोजक अर्जून सापकोटाले बताउँनु भयो । देशमा मात्र होइन बनकाली माताले बिदेसमा रहेको सबै मानसिहरुलाइ यो रोग सँँग लड्ने क्षमता प्रदान गरुन र नेपालमा रोगै नलागोस भन्नका लागी यो पुजाको आयोजना गरिएको सत्यतामा रहेको अबस्थामा यस्ता महामारी सँग लड्न भगवतीले शक्ती प्रदान गर्ने बिश्वासका साथ यो पुजा गरिएको बताउँदै सापकोटाले दैबी शक्तीले यो भाइरस नलागोस भन्नु भयो । जँहा जँहा सत्यता रहन्छ त्यहा त्यहा माहामारी पनी भाग्ने बताउँदै सुन्तली ढुङ्गेलले सत्यताका साथ भगवानको भक्ती गर्नु पर्ने ब ताउँनु भयो ।

होम पुजा चण्डी पाठ सबै ग्रह पुजा गरि सकेपछी आयोजक नेत्र बहादुर बस्नेतले भगवानको पुजा गरेर सबेैले घरमा नै बस्ने आआफ्नै घरबाट भगवानलाइ सम्झेर ध्यान गर्नु पर्ने सरकारले हामी नागरिकको स्वास्थ्यको लागी गरेको लग डाउँन पुर्ण रुपले पालना गरि घर भित्रै भगवानको आरधाना गरि बस्न सबै सँग अनुरोध गर्नु भयो । यो कोरोना भाइरस लगाएत कुनै पनी महामारी रोग नलागोस भन्नाका लागी बिश्व शान्तीका लागी ज्योतीष शास्त्र बिधी अनुसार महामारी अन्त्यका लागी शनीबार होम पुजा गरिएको ज्योतीष पण्डीत रिपु नाथ नेपालले बताउँनु भयो ।