जनतामाथि घात गर्दिनः सभामुख सापकोटा


अर्जुन शर्मा
लोकप्रिय समाचार
सभामुख अग्निप्रसाद सापकोटाले आफूले जनताको भावनामाथि कहिल्यै घात नगर्ने बताउनु भएको छ ।      सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका वडा नं १० सुकुटेमा १७ गतेदेखि आयोजित सुकुटे महोत्‍सवको समापन गर्न जिल्ला आईपुगेका सापकोटाले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो तपाईहरुको भावनामाथि कहिल्यै घात गर्ने छैन् । नेपाल सरकारले कुनैपनि सभा समारोहमा नजान आग्रह गरेतापनि कोरोनाको त्रासको बीचमा पनि तय भएको कार्यक्रममा उपस्थित नहुँदा जनतामाथि घात हुने भएकाले उपस्थित भएको बताउनु भएको छ ।
‘विश्वभर कोरोनाको त्रास फैलिएको छ । त्यसको सचेतनाका लागि सरकारले सभा र सम्मेलन नगर्न आह्वान समेत गरिसकेको अवस्था छ’ उनले भने, तर, कोरोनाको कारणले मैले जनतामाथि दिएको बचन खेर जाने भयो । त्यसैले स्वास्थ्य मन्त्रीसँग परामर्श लिएरै भए पनि म यहाँ उपस्थित भएँ ।’
लामो समय देखि रोकिएको सदनलाई आज संचालन गर्नुपर्ने भएता पनि भोलिको लागि सारेर सञ्चालन गर्नुपर्ने सदनलाई समेत मिलाएर आफू आएको समेत उहाँले बताउनुभयो । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रको हिसाबले महत्वपूर्ण भएको दाबी समेत उहाँले गर्नुभयो । सिन्धुवासीले मलाई माया गरेर राष्ट्रको साझा पदमा पु¥याएको बताउनुभयो । ‘म तपाईंहरूको आशा र भरोसालाई कहिल्‍यै मर्न दिन्नँ’ उहाँले भन्नभयो ।
१० बुदे घोषणापत्र जारि गर्दै सकियो सुकुटे महोत्सव
फाल्गुन १७ देखि संचालनमा रहेको सुकुटे महोत्सव १० बुदे घोषणापत्र जारि गर्दै सकिएको छ । मंगलबार महोत्सब आयोजना सचिवालय सदस्य तथा चौतारा नगरपालिकाका सल्लाहाकार चन्द्र सापकोटाले उक्त घोषणापत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएको घोषणापत्रमा सिन्धुपाल्चोकको विकास र समृद्धिका लागि पर्यटनले खेल्न सक्ने भुमिकामा केन्द्रित रहेको बनेको छ ।
सुकुटे र सिङ्गो सिन्धुको पर्यटन विकासको लागि अब गर्न सकिने गतिबिधिमा रहेको उक्त घोषणापत्र जारि गरिएको सिन्धु पर्यटन व्यवसायि संघ सिन्धुपाल्चोकका अध्यक्ष नारायणण श्रेष्ठले जानकारि दिनुभयो ।
सिन्धु पर्यटन व्यवसायि संघ सिन्धुपाल्चोकको आयोजना तथा चौतारा साँगाचोकगढि नगरपालिका, बलेफि गाउँपालिका र सुनकोसी गाउँपालिकाको प्रवर्द्धनमा संचालनमा रहेको सुकुटे महोत्सबको १७ गते नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । सुकुटे प्रचण्डको पछिल्लो समय रोजाईको गन्तव्य बनेको छ ।