पूर्वमन्त्री बस्नेतलाई स्वास्थ्य सामग्री बाँड्न रोक


पुर्ब स्वास्थ्य राज्यमन्त्री समेत भइ सक्नु भएका पुर्ब संञ्चार मनत्री मोहन बहादुर बस्नेतलाइ  स्वास्थ्य सामाग्री बितरणमा रोक लगाइएको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न रोक लगाइएको हो  ।सोमबार बिहान  प्राथमिक स्वास्थ्य केन्द्र  बाह्रविसेलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप हस्तान्तरण गर्न जान लाग्नु भएका बस्नेतलाई प्रहरीले स्वास्थ्य केन्द्रको ढोकाबाटै फिर्ता पठाएको जनइएको छ।  माथिको आदेश छ भन्दै शसस्त्र र जनपथका २० जना जति प्रहरी हस्पिटलको गेटमा नै बसेर बस्नेतलाई सामान हस्तान्तरण गर्न रोक लगाएको सिन्धुपाल्चोकका काँग्रेस नेता हरिशरण श्रेष्ठले जानकारी दिनु भयो । उँहाले बिपतका बेला  आबश्यक समाग्री सङ्कलन गरेर सरकारलाइ  सहयोग पुग्ने हैसियतले गरिएको काममा बाधा पुर्याएर जनताको स्वास्थ्य माथी खेलबाड भएको बताउँनु भयो  । यस्तो विषम परिस्थितिमा पीपीइ जस्तो अत्यावश्यक सामग्री पनि बाँड्न दिइएन यो कस्तो प्रशासनको रवैया हो भन्दै‘सबैतिर परिचालन हुनुपर्ने प्रहरी एकैठाउँ बसेर सामग्री बाड्न दिएनन यो अति नै अशोभनीय र लाजमर्दो कुरा हो श्रेष्ठ ले भन्नु भयो । बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाको लागि चाहिने पीपीई, स्पेशल मास्क, चस्मा लगायत सामग्री स्वास्थ्य केन्द्रलाई सहयोग स्वरुप हस्तान्तरण गर्न लाग्नु भएको थियो  ।स्वास्थ्य सामग्री हस्तान्तरण गर्न नदिएपछि  बाह्रविसे नगरपालिका २ का वडा अध्यक्ष सानु श्रेष्ठलाई बस्नेतले सामान हस्तान्तरण गर्नू भयो भने  अध्यक्ष श्रेष्ठले अस्पतालमा हस्तान्तरण गर्नू भएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यलयको सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेले  जिल्ला बिपद ब्यबस्थापन समितकिो निर्णय अनुसार जिल्ला बिपद ब्यबस्थापान समित ितथा स्थानीय बिपद ब्यबस्थापन समिती मार्फत हस्तानन्तरण गर्न अनुरोध गरिएको बताउँनु भयो ।  केही दिन अघि जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका सरोकारवालाहरुको बैठकले पनि सहयोग सामग्रीहरु एकद्धार नितिमा मात्रै बाँड्ने निर्णय गरेको कारण सोही निर्णयलाइ कार्यन्वयन गराउँने सिलसिलामा यस्तो भएको बताउँनु भयो ।

यदि कसैले स्वास्थ्य सामग्री वा खाद्य सामाग्री सहयोग गर्न चाहे पालिका विपद व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समितिमा हस्तान्तरण गनुृपर्नेछ ।


, , , , , , ,