सिन्धुपाल्चोकमा भालु अक्रमण घरबाट खशेर घाइते


सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका ५ मार्मिङ स्थित रन्दभिरको जंगलमा भालुको आक्रमणमा परि सानु शेर्पा घाइते  हुनु भएको छ भने चौतारामा घरको छतबाट खशेर एक बालक घाइते हुनुभएको छ ।

भोटेकोशी गाँउपालीकामा गाईबस्तुलाई घाँस काट्न जाँदा जंगली जनावर भालुले आक्रमण गर्दा स्थानीय सानु शेर्पा घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी माधब काफ्लेले जानकारी दिनुभएको छ । उँहाका अनुसार भोटेकोशी गाउँपालिका ५ मार्मिङमा दुर्घटना भएको हो ।भालुको आक्रमणबाट शेर्पाको टाउको, दुबै खुट्टा, दाईने कान, शरीरमा चोट लागेको छ । घाइते शेर्पालाइ उपचारका लागि  स्वास्थ्य कार्यलय बाह्रविसेमा लगीएकोमा  थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । यसै गरी चौतारा सागाचोकगढी नगरपालिका ५ चौतारास्थित कुविण्डे चोक र चौतारामा हरि श्रेष्ठका साढे दूइ बर्षको बच्चा छोरा रियानस श्रेष्ठ खेल्ने क्रममा आफ्नै ६ तले पक्कि घरको छत बाट तल रोडमा झरी घाईते  हुनु भएको छ । उपचारको लागि जिल्ला अस्पताल चौतारा लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौ तर्फ पठाईएको  काफलेले जानकारी दिनु भएको छ ।

, ,