गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स

जुगल गाँउपालीकाले प्रसुती सेवा लक्षीत निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालीकाको कार्यपालीकाको बैठकले बुधबार बाट लागु हुने गरी प्रसुती सेवा लक्षीत निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

अब गाँउपालीका भित्रका कुनैपनि गर्भवती महिलाले सुत्केरी हुंदा एम्बुलेन्स सेवा बापत कुनैपनि सेवा शूल्क तिर्नु पर्दैन ।
गाँउपालीकाले आफै त्यसको ब्यवस्थापन गर्ने भएको छ ।
एम्बुलेन्स सन्चालन समिती सम्योजक तथा उपाध्यक्ष सृजना तामांगले एम्बुलेन्स सन्चालन समितिले कार्यापालिकामा प्रस्ताव पेस गरेको र त्यो प्रस्ताव उपर कार्यपालीकाको बैठकले पास      गरेपछि सुत्केरी हरुलाई यो सुवीधा प्रदान गर्न लागिएको हो ।
‘विकट भूगोल र चेतनाको कमिका कारण अनि गर्भवती आमाहरु पैसा नभएकै कारणले अस्पतालमा प्रसुती गर्न जान नसकेको अवस्थालाई ध्यानमा राखेर यस्तो कार्यक्रम तय गरिएको उपाध्यष तामाङले बताउनुभएको छ ।
‘गर्भवती महिलाका पिडा र आर्थीक अवस्थालाई मध्यनजर गर्दै समिती गठन गरीएको थियो । सोचे अनुसार उपलब्धी पनि भयो । ‘तामांगले भन्नुभयो ।
‘अब पैसा नभएकै कारण कोहीपनि प्रसुती हुन अस्पताल जानबाट बञ्चीत हुने छैनन् ,’ उहाँको विस्वास छ ।
उपाध्यक्ष सिर्जना तामांगले उक्त कुरा सबैलाई सुनाउन पांउदा आफूलाई गर्व लागेको साथै मौकाको फाईदा उठाउन सबैमा अपिल पनि गर्नु भएको छ । जुगल गाउँ पालिकाले सुत्केरी आमाहरु लाई एक किरेट  अन्डा र एक माना घिउ समेत बितर्ण गर्दै आएको छ। ।