बिप्लवका जिल्ला सचिब नेकपामा प्रबेस सदस्य पक्राउ


भुमिगत नेत्रविक्रम चन्द विप्लवका सिन्धुपाल्चोक जिल्ला सचिब भुवन सिं तामाङ नेकपामा प्रबेस  गर्नु भएको छ । नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले  पार्टी  कार्यलय चौतारामा उँहालाइ पाटीको सदस्यता दिनु हुँदै पाटीमा प्रबेस गराउँनु भएको हो ।

जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग उप प्रमुख बालकुमारी सापकोटा । चौतारासाँगाचोकगढी नगरपालीका का प्रमुख अमानसिंह तामाङ्ग  वडा नं ५का वडाअध्यक्ष नरमान श्रेष्ठ लगायतका उपस्थितीमा उँहालाइ अध्यक्ष नेपालले पाटी प्रबेस गराउँनु भएको हो । मेलम्ची नगरपालिका–९ का  भुवन सिं तामाङले यस अघी  मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट रिहा भएपछि अदालत परिसरमा नै विज्ञप्ति मार्फत पार्टी छाडेको घोषणा गर्नु भएको थियो  ।
तामाङ्गलाइ प्रहरीले तामाङलाई राज्य विरुद्धको कार्यमा लागेको आरोपमा प्रक्राउ गरेको थियो ।पाटी प्रबेस पछी  तामाङ्गले आफु इमान्दारिताका साथ नेकपाको निती बिधान र  नेकपाको निर्देशनमा रहेर अनुशासित ढङ्गले काम गर्ने बताउँनु भएको छ ।
 यसै बिच पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गरेको आरोपमा एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको  समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार पक्राउ पर्नेमा विप्लव समूहको भक्तपुर जिल्ला सदस्य देवी बहादुर गुरुङ रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दीपक गिरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो ।पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको हो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको छ ।

, , , ,