बस्नेतद्धारा स्वस्थ्य सामाग्री सँगै खाद्यन्न बितरण


सिन्धुपाल्चोक । पुर्ब मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले स्वास्थ्य  कार्यलयलाइ स्वास्थ्य सामाग्री बितरण गरे सँगै मज्दुरहरुलाइ खाद्यान्न समेत बितरण गर्नू भएको छ । कोरोना भाइरस(कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले चार दिन अघि देशभर लक डाउन गरेपछि मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुरहरुलाई नेपाली काँग्रेसले खाद्यन सहयोग गरेको हो  ।


लकडाउन भएपछि अलपत्र परेका मजदुरहरुलाई नेपाली कांग्रेस क्षेत्रीय समिति सिन्धुपाल्चोकले शुक्रबार बाह्रविसे चामल, साबुन, दाल, नुन, तेल, साबुनलगायतका सामग्रीहरु निःशुल्क वितरण गरेको हो । नेपाली काँग्रेस का क्षेत्रीय सभापती बालकृष्ण बस्नेतका अनुसार अरनिको राजमार्गको बाह्रविसेदेखि भोटेकोशी गाउँपालिकाको खाकदलसम्म कार्यरत ५३ मजदुरहरुलाई खाद्यन लगायत दैनिक आवश्यक सामग्रीहरु प्रदान गरिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्वसूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अलपत्र मजदुरहरुलाई अलपत्र परेको स्थानमा नै गएर खाद्यन लगायत अन्य सामग्री वितरण गर्नू भएको हो  ।सडक मजदुरहरुलाई प्रति व्यक्ति १५ किलो चामल,एककिलो दाल,नुन,साबुन,मास्क लगायतका सामग्री वितरण गरिएको  छ ।
सडकमा काम गर्ने मजदुरहरुलाई खाद्यन लगायत अन्य सामग्रीहरु वितरण गरिएसँगै भुकम्पमा घरबार गुमाएका ८२ वर्षीया तुलसी श्रेष्ठलाई भने जस्तापाता लगायत घर निर्माणका लागि अन्य सामग्रीहरु समेत प्रदान गरिएको कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिनु भयो ।कांग्रेसले यसरी अलपत्र परेका मजदुरहरुलाई जिल्लाभर सहयोग गर्ने बताउँदै  आफ्ना सबै कार्यकर्ताहरुलाई जिल्लामा विपत्तमा परेका यस्ता मजदुरहरुलाई सहयोग गर्न समेते बस्नेतले  निर्दैशन दिनु भएको छ ।

, ,