कोरोना नियन्त्रणको लागि सिन्धुपाल्चोकमा ६० लाखको कोष बनाइने


अर्जुन शर्मा ,
चौतारा सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा संक्रमण नियन्त्रणका लागि ६० लाखको कोष स्थापना हुने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको चुस्त समिति (कमाण्ड फोर्स), राजनीतिक दलका प्रमुख र १२ वटा स्थानीय सरकारका प्रमुखको संयुक्त बैठकले शनिबार बसेको बैठकले ६० लाखको क्षेत्रीय कोष स्थापना गर्ने निर्णय गरेका हो । कोषका लागि प्रत्येक स्थानीय तहले पाँच लाख कोषमा जम्मा गर्ने निर्णय भएको जिल्ला समन्वय समितिको प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभएको छ । स्थापना भएको कोष प्रमुख तामाङको संयोजकत्वमा सञ्चालन हुने र सञ्चालन कार्य्िवधि निर्माण गर्नेसमेत निर्णय गरेको छ। 

कोषमा प्रदेश सरकार र अन्य निकायलाई सहयोगको अपिल गरिएको र एकद्धार नीतिबाट खर्च गरिने भएकाृे छ । बैठकले सम्भावित संक्रमण फैलन नदिन जिल्लामा उपलब्ध एम्बुलेन्सलाई पार्टेसन गर्ने र अपुग भएको खण्डमा सिंगलक्याविन बलेरो प्रयोगमा ल्याउने निर्णयसमेत गरेको छ। सिन्धुपाल्चोकको साविक तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा तीनै निर्वाचन क्षेत्रको केन्द्र मेलम्ची, चौतारा र वाह्रविसेमा कोरोना संक्रमण उपचार केन्द्र निर्माण गर्ने त्यसको अगुवाई सम्बन्धित नगरपालिका प्रमुखले गर्ने निर्णय सकेत भएको छ । मेलम्चीमा स्थापना गरिने आइसोलेसनको सेवा क्षेत्र मेलम्ची नगरपालिका सहित हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका तोकिएको छ । यसको स्थापना र सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी मेलम्ची नगर प्रमुख डम्बर अर्याललाई दिइएको छ । यस्तै चौतारामा बन्ने आइसोलसनको नेतृत्व यसै नगरका प्रमुख अमानसिं तामाङलाई दिइएको छ भने सेवा क्षेत्रमा चौतारा नगर सहित जुगल र बलेफी गाउँपालिका समेटिएको छ । बाह्रविसेमा स्थापना हुने आइसोलेसनले बाह्रविसे नगरसहित भोटेकोसी, सुनकोसी, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिकालाई सेवा क्षेत्र बनाएको छ । यहाँको नेतृत्व जिम्मेवारी बाह्रविसे नगर प्रमुख निमफुञ्जो शेर्पालाई दिइएको प्रमुख जिल्ला समन्वस समितिका प्रमुख कृष्ण गोपालले जानकारी दिनुभयो ।

, , ,