सिन्धुपाल्चोकमा भेला भोजभतेरमा रोक


 सिन्धु पाल्चोक जिल्ला प्रहरी कार्यलयले जिल्लामा कुनै पनी स्थान वा कुनै सरकारी तथा गैर सरकारी कार्यलयहरुले भेला हुन भिडभाड हुने कुनै पनी काम नगर्न सबैमा आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी माधब काफ्लेका अनुसार फागुण २१ गते बसेको सिजल्ला सुरक्षा समितीले गरेको निर्णय अनुसार  भेला भिडभाडका कुनै पनी काम नगर्न रोक लगाइएको हो । २१ गतेका दिन जिल्ला सुरक्षा समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल को अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले “हालै बिश्वका बिभिन्न देशहरुमा फैलिएको कोरोना भाईरसका कारण सजगता अपनाउन का लागी यस्तो निर्णय गरिएको हो । बैठकले सजकताका लागी कुनै पनि प्रकारको सार्वजानिक र सरकारी तथा गैर सरकारी कार्यक्रममा भिड हुने गरी भेला जम्मा नहुन र नगराउनुको साथै राखिएका कार्यक्रम स्थगित गर्न सबैमा अनुरोध गर्ने“  निर्णय पारित गरिएको समेत काफ्लेले जानकारी दिनु भयो ।   यसै गरि  चौतारासाँगाचोकगढी नगरपालीकाका प्रमुख अमान सिंह तामाङ्गले बिश्वब्यापी रुपमा प्रभाबीत भइरहेको यो रोग साँग लड्नका लागी पानी धेरै मात्रमा पिउँने जथाभाबी नखाने खानाखानु अगाडी  सावुन पानीले राम्रो सँग हात धुने भोजभतेर नगर्ने नगाराउँने र नगर भित्र आबश्यक माक्स लगाएतका सामाग्रीहरु को अभाब हुन नदीन र आबश्यक सतर्क रहन सबैमा अनुरोध गर्नु भएको छ । गत डिसेम्बरमा पहिलोपटक मध्य चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा निमोनियाको प्रकोप देखिएको थियो । पछी उक्त प्रकोपलाई नोवेल कोरोना भाइरसको श्रेय दिईयो, जुन अहिले चीनसहित विभिन्न देशहरूमा फैलिएको छ । कोरोना भाइरसको सं’क्र’मण हुँदा उच्च ज्वरो आउने, टाउको दु’ख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्। यसको लक्षण फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ।यो सर्छ भनेर आधिकारीक रुपमा भनिएको छ। तर कति छिटो सर्छ वा कस्तो व्यक्तिलाई चाँडो सर्छ भन्ने थाहा भइसकेको छैन। यो कुन भाइरस हो? कसरी सर्छ? यसले मानिसहरुमा कस्तो असर पार्छ? यसको ‘ओरिजिन’ के हो? रोगको प्रकृति कस्तो हुन्छ? भन्ने सबै कुराहरु पत्ता नलागेका कारण  मानीसहरु अझै समस्यामा रहेको समाचार आइरहेको यो अबस्थामा  कोरोना भाईरसका सम्बन्धी जिल्ला सुरक्षा समिति  सिन्धु पाल्चोकले पनी यस्तो निर्णय गरेको हो ।


, , , , , , ,