मेलम्ची खानेपानी आयोजनाको अस्थाई ड्यामबाट पानी हालेर परिक्षण


राजधानीबासीको पानीको प्यास मेटिने बहुचर्चीत मेलम्ची खानेपानी आयोजनाको अस्थाई ड्यामबाट सुरुङमा पानी हालेर परिक्षण गरिएको छ । खानेपानी मन्त्री विना मगरको उपस्थितिमा अस्थाई ड्यामबाट एक किलोमिटर सुरुङभित्र पानी हालेर परीक्षण गरिएको हो ।
काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिटमार्गबाट पानी परीक्षण सम्पन्न भएको थियो । हेलम्बु गाउँपालिका –१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङ सम्म पानी हालेर परीक्षण गरिएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।
झण्डै एक किलोमिटर सुरुङ भित्र पानी हालेर सफलतापुर्वक परीक्षण गरिएको छ,कतै पनि समस्या भएन मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भन्नुभयो । खानेपानी आयोजनाको ड्यामबाट आयोजनाको पहिलो अडिट मार्ग अम्बाथान सुरुङ सम्म परिक्षण गर्दा कतै पनि समस्या नदेखिएको खत्रीले जानकारी दिनुभयो । अब क्रमश अरु अडिट मार्गमा पानी हालेर परिक्षण सकिएपछि मुख्य सुरु भित्र पानी हालेर परीक्षणसम्पन्न गरिने कार्यकारी निर्देशक खत्रीले बताउनुभयो ।
खानेपानी मन्त्री मगरको उपस्थितिमा सुरुङ भित्र पानी हालेर परीक्षण गर्दा सफल भएपछि मन्त्री मगर समेत खुसी हुनुभएको थियो  । परीक्षण सफल भएपछि मन्त्री मगरले आयोजनाका कर्मचारीहरुलाई भन्नुभयो ‘ निर्धारीत मिति भन्दा अगाढी नै पानी रजाधानीमा लैजानुपर्छ,काम छिटो गर्नुहोला ।’
इटालीयन कम्पनी सीएमसीले आयोजनाको ठेक्का तोडेपछि सरकारले चिनियाँ सिनो हाइड्रोलाई बाँकी कामको जिम्मा दिएको थियो । चिनियाँ कम्पनीलाई दिएको कामको जिम्मा मध्ये अहिले ८० प्रतिशत काम सम्पन्न भएको र तोकिएको मिति भन्दा पहिला नै राजधानीमा पानी लैजानको लागि काम भइरहेको उहाँले बताउनुभयो ।


, ,