सरकारी सुबिधाको पर्खाइमा लिसंखुको स्तुपा


सुनीता लामा मोक्तान
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा भुकम्पअघि ङ्याङ्जो दाजु–भाईहरुको आफ्नै बलबुताले बनाएको झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन (स्तुपा) २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पले भत्केका थिए अहिले त्यो स्तुपा सरकारी सुबिधाको पर्खाइमा  रहेको छ । भुकम्प पछी त्यस  छ्योर्तेन निर्माण गर्दाको दुःख नभुल्दै अर्का दुःख आइलाग्यो । तर ङ्याङजो दाजु–भाईले आफ्नो आस्था र विश्वासलाई ढल्न दिएनन् । दृढताका साथ अघि बढाए । लिसंखुमा मात्रै होइन धेरै ठाउँलाई एउटा गतिलो उदाहारण दिए एकतामै बल हुन्छ भन्ने । अहिले पनि भुकम्पले भत्किएको धेरै धार्मिक र पुरातात्विक संरचना बन्न सकिरहेका छैनन् ।

सरकारी अनुदानको पर्खाइमा छन् । तर झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन भने ङ्याङ्जो दाजु–भाई दिदी–बहिनीले फेरी एकपटक आफ्नै बलबुताले उभ्याएका छन् । धेरै ङ्याङ्जो दाजु–भाई दिदी–बहिनीले पसिना बगाएका छन् । तर आफ्नो सन्तनीलाई संस्कार र सँस्कृति सिकाएका छन् । समूहमा मिलेर काम गर्दाको फाइदा धेरैलाई अनुभुत गराएका छन् ।
छ्योर्तेनलाई व्यवस्थित बनाउन झ्याङछ्युब छ्योइलिङ गोन्पा समिति दर्ता गरिएको छ । ११ सदस्यीय समितिले अहिले पुनःनिर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । ‘यसअघि २०५४ सालमा निर्माण कार्य प्रारम्भ गरेर २०५५ सालभित्रै निर्माण पुरा भएर ह्राप्ने (प्राण प्रतिष्ठा) सकेका थियो । ‘अहिले समय धेरै लाग्यो तर छ्योर्तेन भुकम्प प्रतिरोधात्मक बनेको छ । ६० लाख लागतमा निर्माण सम्पन्न भएको यस छ्र्योतनको यहि आउँदो फागुण २९ गते ह्राप्ने, प्राण प्रतिश्ठ स्रद्धेय धर्मगुरु हिसे साङबो रिम्पोछेको सानिध्यता  बाट हुने भएको छ भने बाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि माननिय अरुण नेपालबाट उद्घाटन हुने भएको छ । छ्योर्तेन निर्माणका लागि लिसंखुपाखर गाउँपालिका बाट ६ लाख ७० हजार र वडा नं २ को २ लाख रुपैयाँ मात्र सरकारी अनुदान रहेको छ भने अरु सम्पूर्ण रकम ङयाङजो दाज्यु भाई दिदि बहिनीहरु र छरछिमेकको आर्थिक तथा भौतिक सहयोगमा निर्माण सन्पन्न गरेको सो गुठी समितिले जनाएको छ । ङ्याङ्जो दाजु–भाई दिदी–बहिनीको वर्तमान पुस्ताले भावी पुस्ताका लागि मौलिक कला, धर्म, संस्कृति र संस्कारलाई जर्गेना गरेर हस्तान्तरण गरेको छ । भावी पुस्ताले आफ्नो पूर्वज (पुर्खा) हरुप्रति गर्व र सम्मानका साथ सम्झिरहने अवस्था रहेको छ ।

,