जिसस सिन्धुपाल्चोकको नयाँ भवनमा आईसोलेसन वार्ड
चौतारा
जिल्ला समन्वय समितिको नव निर्मित भवनमा कोरोना संक्रमितहरुको एमेर्जेन्सी उपचारका निमित्त आईशुलेसन वार्ड तयार गरिएको छ ।
आइसोलेसनको लागि च चाहिने पुर्वधारको र अन्य आधारभूत सामग्री व्यवस्था गरि आईशुलेसन वार्ड सन्चालन गरिएको जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल तामाङले बताउनुभएको छ । हाल ४ कोठामा आइसोलेसनको लागि चाहिने पुर्वधार सहित वार्ड तयार भएको तामाङले बताउनुभएको छ । (उहाँका अनुसार आबश्यकता अनुसार यसलाई बढाउन समेत सकिने क्षमता उक्त भवनमा रहेको छ ।
नोवेल कोरोना भाईरसले विश्व आक्रान्त भै रहेको बेलामा नेपाल सरकार देश र जनता प्रति जिम्मावार बन्दै चैत्र ११ गते बाट केहि दिनका लागी देशैलाई नै लकडाउन गरेको छ ।
विभिन्न देशहरुमा यसको प्रकोप झन बड्दै जाने क्रम बढेकोले नेपाल सरकार यो कदम चाल्न बाध्य भएको हो । प्रधानमन्त्री केपि शर्मा वलीले देश र जनताको नाममा सम्बोधन गर्ने क्रममा सबै तहबाट सहयोग गर्न अपिल गर्नु भएको थियो ।
त्यसैले प्रकोपबाट हुन सक्ने क्षति प्रति स्थानिय तहहरु गम्भिर बन्दै सिन्धुपाल्चोकको बिभिन्न स्थानिय तहहरुमा संक्रमन बिरुद्ध अनेक खालको अभियान सन्चालन गरेको छ ।