सिन्धुपाल्चोकमा ३९आइशोलेसनर १६२ क्वारेन्टाइन बेड


नेत्र बहादुर बस्नेत
कोराना भाइरसको रोकथामका लागी सिन्धुपाल्चोक जिल्लामा  बिभिन्न कदमहरु चालीउका छन त्यसको सँगै हरेक समिती उपसमितीहरु बनेकाछन । यो सँँगै सिन्धुपाल्चोकमा गठीत कमाण्ड पोष्टको सोमबार बसेको बैठकले मंङ्गलबारै हरेक पालीकामा रहेको आइशोलेसन र क्वारेन्टाइन कक्षहरुको मापदण्ड अनुसार छन की छैनन भन्दै अनुगमा गरिने भएको छ ।

साथै हरेक पालीका भित्र रहेका  आइशोलेसन र क्वारेन्टाइन कक्षहरुको समेत बिबरण सङ्कलन गरि अत्यावधीक गराइने  निर्णय भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेका अनुसार आइशोलेसन र क्वारेन्टाइन कक्षहरुको अत्यावधिक र अबस्था बारे जानकारी लिएर   अत्यावधीक गर्न गठीत  समिती को बैठकले यस्तो निर्णय गरेको हो । साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको अध्यक्षतामा बसेको बैठकले  सोमबार सम्म मेलम्ची नगर पालीकामा आइशोलेसन कक्षमा ४वटा बेड र क्वारेन्टाइन कक्षमा ३० बेड, त्यसै गरि  इन्द्रावती गाउँपालीकामा आइशोलेसन कक्षमात्र रहेको छ जसमा ६ वटा बेड रहेको छ भने हेलम्बुमा क्वारेन्टाइन कक्षमा त्र २० बेडको रहेको छ । त्यसै गरि पाँचपोखरी थाम्पालमा पनी २०बेडको क्वारेन्टाइन मात्र छ । त्यसै गरी चौतारासाँगाचोकगढी नगर पालीकामा १०बेडको आइशोलेसन कक्ष र १४ बेडको क्वारेन्टाइन कक्ष रहेको छ त्यसै गरि बाह्र्बिसे नगरपालीकामा ९बेडको आइशोलेसन कक्ष रहेको छ भने उक्त नगरपालीकामा क्वारेन्टाइन कक्ष निर्माण भएको छैन ।  जिल्ला प्रहरी सिन्धुपाल्चोकका सुचना अधिकारी काफ्लेका अनुसार बलेफी गाँउपालीका जल्बीरेमा मा २वटा बेड भएको आइशोलेसन र १६ बेडको क्वारेन्टाइन कक्ष रहेको छ ।  त्यसै गरि त्रिपुरा सुन्दरी गाउँ पालीकामा २४ लिसंखुपाखरमा १० र सुनकोशीमा २८ क्वारेन्टाइन वेड रहेका छन भने ति पालीकाहरुमा आइशोलेसन कक्ष रहेका छैनन । यसै गरि सदाबार अस्पतालमा  ८ आइशोलेसन बेड गरि जम्मा सिन्धुपाल्चोकमा ३९आइशोलेसन र १६२ क्वारेन्टाइन वेड अत्याबधिक भएको छ । अरु पालीकाहरुमा पनी निर्माण भएको आइशोलेसन र क्वारेन्टाइनबेड हरुको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइ रहेको नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिनाले बताउँनु भयो । उँहाले बिपदको समयमा जँहा जँहा जसले जे सक्छ त्यही सहयोग गर्ने हो भन्दै यो अबस्थामा मुख्य कुरा सबै नागरिक हरु घर बाट बाहीर ननिस्कीयर सहयोग गर्न समेत आग्रह गर्नु भयो ।

, , , ,