गाउँपालिका स्तरिय भलिवल प्रतियोगिताको उपाधी लागर्चेलाई


रूपक पुरी
लोकप्रिय समाचार
पाँचपोखरी थाङपाल गाउँपालिकास्तरीय भलिवल प्रतियोगिताको उपाधि लागर्चे ए ले हात पारेको छ । फाईनल खेलमा थाङपाल धापलाई २५–१९, २५–१९ र २५–१४ को सोझो सेटमा हराउँदै लागर्चे ए ले उपाधि चुमेको हो । थाङपाल धापले भने दोस्रो स्थानमै चित्त बुझाएको छ । तेस्रो स्थानको लागि थाङपालकोट र लागर्चे वि बिच भएको  खेलमा २५–२०, २५–२२ र २५–२१ मा हराएर थाङपालकोट तेस्रो भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका खेलकुद विभाग प्रमुख टासी शेर्पाका अनुसार प्रथम, द्वितीय र तृतिय हुने टिमलाई क्रमशः १५, १० र ५ हजार नगद सहित ट्रफी र मेडल प्रदान गरीएको छ ।

,