राहात रोक्न आफ्नो नाम आएकोमा सापकोटाको आपत्ती


राहात बितरण मा अनाबश्यक आफ्नो नाम जोडीएको मा ने कपाका केन्द्रीय सदस्य माधब सापकोटा सुबोधले आफ्नो ध्यानआकर्षण भएको जनाउँनु भएको छ ।

उँहाले कोरोना भाइरस (ऋइख्क्ष्म्)ज्ञढ) विरुद्दको प्रतिकार्यको लागि जिल्ला विपद व्यवस्थापन समिति, सिन्धुपाल्चोक सक्रिय भएर जुटिरहेको छ। यस विषम परिस्थितिमा सवै जुटी आ(आफ्नो क्षेत्रबाट सरकारले लागु गरेको लक डाउनलाई पूर्ण रुपमा पालना गर्दै सहयोग गर्नु पर्ने दायित्व समेत हामी समक्ष रहेको रहेको छ । यही परिवेशमा दैनिक नेपाल लगायत केहि अनलाईन पत्रिका र सामाजिक संजालमा मेरो नाम जोडेर प्रकशित समाचारप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ। सोही अनलाइनमा प्रकाशित समाचारमा ,”जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कोरोना भाइरसविरुद्द प्रयोग हुने सामग्री वितरणमा आफूले रोक लगाइएको छैन र एक द्दार प्रणालीबाट वितरण गर्ने निर्णय भएको छ” भनिएको छ। प्रकाशित समाचार आफैमा बाझिएको छ। हाम्रो जिल्ला सिन्धुपाल्चोकले जुरे पहिरो ,महाभूकम्प लगायतका विपदहरुको पटक( पटक सामना गरी सामुहिक रुपमा प्रतिकार्यसमेत गरिसकेका छौ।
रास्ट्रिय हुदै अन्तरास्ट्रिय विपत्तिको वर्तमान परिवेशमा यस्ता कपोलकल्पित समाचार वाहिर आउनु आफैमा निन्दनीय छ। हरेक व्यक्तिको राजनैतिक आस्था, आवद्दता र निस्ठाको उच्च सम्मान गर्दै व्यक्तिगत आक्षेप लगाउनेलाई नै मेरा सिन्धुपाल्चोक वासी आमावुवा, दाजुभाई र दिदीवहिनीले आफै मूल्यांकन गर्नु नै हुने छ। जिल्लामा जिल्ला विपद व्यवस्थापन समिति र पालिकामा स्थानीय विपद व्यवस्थापना समिति रहेकोले दुवै समितिलाई मेरो सहयोग सदैव रहिरहेने छ। कोरोना भाइरस (ऋइख्क्ष्म्)ज्ञढ) को संक्रमण बाट हामी सवै जोगिन यस अवस्थामा सकेसम्म भिड भाड नगरी सरकारले दिएको निर्देशन पूर्ण रुपमा पालना गरि आ(आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गरौ  भन्नु भएको छ ।


, , , , ,