प्रहरी कार्यालयमा मेडिकल (फार्मेसी ) संचालकहरुसँग अन्तरक्रिया
जिल्ला प्रहरी कार्यलय सिन्धु पाल्चोकले सोमबार जिल्लाको सदरमुकाम स्थित औषधी बिक्रेताहरु सँग अन्तरक्रिया गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेले जिल्ला बिपद ब्यबस्थापन समितीको निर्णय अनुसार काम गर्न सबैलाइ अनुरोध गर्दै कुनै पन िऔषधी पसलले ओषधी लुकाएको र बढी मुल्य लिएको तथा सरकारी मापदण्ड बिपरित काम गरेको पाइएमा कार्बही हुने भएकाले यस तर्फ सचेत रहन अनुरोध गर्नु भयो ।
१६ गते जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्र.ना.उ.माधव प्रसाद काफ्लेको नेतृत्वममा खटिएको प्रहरी टोलीले चौतारा साँगाचोक गढी न.पा. वडा न.५ स्थित चौतारा वजारमा रहेका सम्पुर्ण मेडिकल (फार्मेसी) हरुको अनुगमन समेत गरिएको थियो ।
अनुगमन पछी आज प्रहरी कार्यालयमा मेडिकल (फार्मेसी ) संचालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरि Covid-19 (कोरोना भाईरस) को महामारीको विषम परिस्थिति भई लक डाउनको अवस्थामा अत्यावश्यक प्राथमिक सुरक्षाका सामानहरु मास्क , सेनीटाईजर जस्ता सामानहरुलाई सहज र सुलभ ढंगवाट विक्री वितरणको व्यवस्थापन गर्न हुन सुझाव दिईएको छ ।