कोरोना भाइरसबाट बच्न निःशुल्क मास्क वितरण
सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ ।
नगरका वडा नं १४मा एक हजार थान माक्स पप्त भए पछी वडाअध्यक्ष शेर बहादुर श्रेष्ठको नेतृत्वमा घर दैलो अभियानका साथ माक्स बितरण गरिएको थियो भने माइकिगं समेत गरिएको थियो ।
यसै गरि वडा नं ८ मा एक हजार, वडा नं ५ मा दुई हजार र ११ स्वास्थ्य संस्थामा २०० का दरले निःशुल्क मास्क वितरण गरेको नगरपालिकाले जनाएको छ ।
बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो । “देशमा कोरोना भाइरसको जोखिमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै नगरवासीलाई मास्क वितरण गरेका हौँ”, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभयो । उँहाले बुधबार मात्रै नगर पालिका भित्रका ८ वटा वडामा १ हजार, वडा नं. ५ मा २ हजार र ११ स्वास्थ्य संस्थामा २ सयका दरले निःशुल्क मास्क वितरण गरेको बताउँदै ।
बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण गर्न थालेको बताउँनु भयो मास्कसँगै नगरभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिसमेत वितरण गरिएको छ । नगर स्वास्थ्य शाखाको समन्वयमा औषधि वितरण गरिएको संयोजक शिव पुरीले बताउनुभयो । त्यस्तै नगरपालिकाले आफ्ना नागरिकलाई भीडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।
बजारमा मास्कको सङ्कट भएका बेला नगरले वितरण गरेको मास्क अभियानले राहत प्रदान गरेको चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष नरमान श्रेष्ठले बताउनुभयो ।नगरले आज पनि मास्क वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ ।
वडा नं ५ र सो वडाभित्रका स्वास्थ्य संस्थामा मास्क र औषधि वितरण गरिने नगरपालिकाले जनाएको छ । । हालै नेपालमा समेत देखापरेको कोरोना भाइरस (कोभिड(१९) यस चौतारा साँगाचोकगढी नगरपालिकामा भित्रन नदिनको लागी चौतर्फी सचेतना अपनाइएको हो ।

। माक्स बितरण सँगै घरबाट बाहीर ननिस्कन नागरकिलाइ अनुरोध गरिएको
बाताबरण बिभागका प्रमुख समेत रहनु भएका १४ न वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भयो ।