स्थानीय तहमा रहेका न्यायिक समितिको जि.स.सबाट अनुगमन


स्थानीय तहमा रहेका न्यायिक समितिको काम कारवाहीको बारेमा जिल्ला समन्वय समितिले अनुगमन गरेको छ ।
स्थानिय सरकार आएपछि स्थानिय तहका उपप्रमुखको संयोजनमा रहेको न्यायिक समितिको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारीको टोलिले अनुगमन गरेको हो। अनुगमनको क्रमममा स्थानिय तहमा रहेको न्यायिक समितिले गरेको कार्यक्रम प्रभावकारि भएको उपप्रमुख सापकोटाले बताउनुभएको छ । बाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाट नियुक्त भइ स्थानिय न्यायिक समितिमा कार्यरत कानुनी सहजकर्ताको काम कारबाहिको अनुगमन गरिएको हो ।
जिल्लाको चौतारा साँगाचोकढि नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु गाँउपालिका, इन्द्रावति गाँउपालिका, बलेफि गाँउपालिका, भोटेकोशी गाँउपालिका, त्रिपुरासुन्दरि गाँउपालिका, लिसंखुपाखर गाँउपालिका गरि १० वटा पालिका अनुगमन भइसकेको छ । अनुगमन भएका पालिकाहरुमध्ये बाह्रबिसे नगरपालिका उत्कृष्ट रहेको अनुगमन समितिका संयोजक बालकुमारी सापकोटाले बताउनु भएको छ । सबै स्थानिय तहका न्यायिक समितिको कार्य उत्कृष्ट छन त्यसमा पनि झनै उत्कृष्ट बाह्रबिसे रहेछ सापकोटाले भन्नुभयो ।
 अब मेलम्ची र पाँचपोखरि थाङपालधाप गाँउपालिका अनुगमन बाँकि नै छ । उहाँले भन्नुभयो ।
कानुनि बिषय पढेका कानुनी सहजकर्ता भएकाले न्यायिक समितिलाई सहयोग पुगेको छ । सरकराले बिगत २ बर्ष देखि न्यायिक समितिमा काम गर्ने गरि कानुनि सहजकर्ता उपलब्ध गराएको छ । हाल गाँउघरमा भएका सामान्य किसिमका झैझगडा, भनाभन जस्ता फैजदारि बिवादहरु स्थानिय तहको न्यायिक समितिमानै समाधान हुने गरेको छ ।


,