’कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’



सरकारले कोरोना भाइरसको नेपालमा संक्रमण भएमा खर्च जुटाउनका लागि ’कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ स्थापना गरेको छ। 
कोषमा पालिका भित्र रहेका शिक्षण पेसा बाहेकका निजामति र करारमा रहेका सबै कर्मचारीले पारिश्रमिक जम्मा गर्ने निर्णय गरेका छन् ।
 गाउँपालिकाका ईन्जिनियर सुनिल श्रेष्ठका अनुसार ६२ जना कर्मचारीहरुले एक महिनाको १० प्रतिशत रकम उक्त कोषमा जम्मा गर्नेछन् । उक्त रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय वाणिज्य बैंक, सिहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ जम्मा हुने छ।

सरकारले स्थापना गरेको कोषमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाललगायतले आफ्नो एक(एक महिनाको र सत्तारुढ नेकपाका सांसदहरूले १५ दिनकोपारिश्रमिक जम्मा गर्ने घोषणा गरिसकेका छन्।  

, ,