बागमती प्रदेसको सबै अस्पतालहरुमा आइसोलेसन वार्डको व्यवस्था



 बागमती प्रदेस सरकारले बिश्वमा प्रभाब पारिरहेको कोरोना भाइरस  बिरुद्ध लाग्न  पर्ने भन्दै बजारमा मास्कको अभाब को श्रुजना गरेको  र  बढी मुल्यमा बिक्री गर्ने गरेको पाइएमा कार्बही गरिने भएको छ । ३ नं प्रदेस सरकार बागमती प्रदेसले   प्रदेश अन्तर्गत रहेका सबै सरकारी, निजी र सामुदायिक अस्पताललाई अनिवार्य रुपमा आइसोलेसन वार्ड बनाउन निर्देशन गरेको  छ। ३ नं  बागमती प्रदेस सरकारका सामाजिक विकास मन्त्री युवाराज दुलालले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधीसँग कोरोना भाइरसका विषयमा गरेको छलफलपछि उक्त निर्णय गरिएको  बताउँनु भएको छ । उँहाले  प्रदेसका हरेक अस्पतालहरुमा  आइसोलेसन वार्डको व्यवस्था गर्न समेत  अनुरोध गर्दै तत्काल यसको ब्यबस्था गर्न भन्नु भउको  छ।यसैगरी, मन्त्रालयले बजारमा मास्क तथा अन्य सुरक्षा सामग्रीहरु बढी मुल्यमा बिक्रि वितरण भइरहेको गुनासो आएको भन्दै व्यापारिहरुलाई बढी मुल्यमा बिक्रि नगर्न समेत आग्रह गरेको छ। मन्त्रालयले बढी मुल्यमा बिक्रि गरेको पाइएमा कारबाही गर्ने निर्णय समेत गरेको छ।


, , ,