इन्द्रावतीमा शुरु भयो घरघरमा स्वा स्थ्य परिक्षण

 सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मधय इन्द्रवाती गाँउ पालीकाले आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागी  बिभिन्न कार्य गर्दै आएको छ । पछिल्लो समयमा आफना नागरिकलाइ सुरक्ष्ति रख्नका लागी पालीका प्रबेश गर्नु अगाडी स्वास्थ्य परिक्षण, पालीका भित्र किट नासक औषधी छर्कने र बिदेसबाट आएका सबैको स्वास्थ्य परिक्षण गरेको छ । सरकार बाट जारी गरेको लकडाउँनको बेला घर घरमा स्वास्थ्इ कर्मी पठाएर जनताको स्वास्थ्य परिक्षण गराउँनु पहिलो गाँउपालीका इन्द्रावती गाँउ पालीका बनेको छ । गाँउपालीका भन्दा सुबिधा सम्पन्न  तथा  रोगको जोदिम रहेका र सडक सञ्जालले भरिएको नगर  तथा गाँउ पालकिाहरुले समेत दिन नसकेको सुबिधा इन्द्रावती गाँउपालीकाले दिएका स्थानीय हरुको भनाइ रहेको छ । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि केही स्थानीय तहका जनप्रतिनिधिले घरमै पुगेर स्वास्थ्य परीक्षणको अभियान थालेका  कारण स्थानीयलाइ सहज भएको स्थानीय प्रेम आचार्यले बताउँनु भयो । उँहाले गाँउमा अशक्त, बालबालीका जेक्ष्ठ नागरिक कसैलाइ पनी यो अबधीमा प्राथमिक उपचार गर्न परेको खण्डमा स्वास्थ्य कर्मीबाट सेवा दिने ब्यबस्था भएको बताउँनु भयो  । अहिले नै भने वैदेशिक रोजगारीमा फर्किएका शंकास्पद प्रत्येक व्यक्तिको घरमै पुगेर शरीरको तापक्रम र स्वास्थ्यको परीक्षण गर्न थालिएकोछ ।

इन्द्रावती र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि गाउँपिच्छै सचेतना अभियानसँगै स्वास्थ्य परीक्षणलाई तीव्र बनाउन थालेका हो । कोरोनोको जोखिमको न्यूनिकरणको लागि वैदेशिक रोजगारीबाट फर्किनेको घरमा पुगेर स्वास्थ्य परिक्षणमा जुटिरहेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउँनु भयो  । ‘इन्द्रावती गाँउपालीका भर विदेशबाट फर्किएका २४ जनालाई इन्द्रावतीको भिमटारस्थित १५ बेडेको व्यवस्थित क्वारेन्टाइनमा राखेका छौं, बजारदेखि गाउँभर ‘डिसइन्फेक्टेन्ट’ छर्किएका छौं,’गाउँपालिका महासंघका महासचिव तामाङले भने । २८ हजार भन्दा बढी जनंसख्या भएको इन्द्रावती सरकारले नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा ६ बेडको सम्पूर्ण स्वास्थ्यकर्मीको टिमसहित ६ बेडको वार्ड आइसोलेशन तयार राखेको तामाङ्गले बताउँनु भयो  ।त्यसैगरी हेलम्बु गाउँपालिकाले दुर्गमदेखि सुगम बजारक्षेत्रमा स्थानीयले राखेको बाटोको अवरोध हटाउँदै वैदेशिक रोजगारी जाने गाउँलाई केन्द्रित गरेर स्वास्थ्य परीक्षणलाई थालेको बताइएको छ । स्थानीयले कोरोना त्रसमा सडक छेकेर तेस्र्याएको खाबो पन्छाएर गाउँघरमै पुगेर जनप्रतिनिधिले सचेतना अभियान व्यापक बनाएका हुन् ।सबैतिर स्वास्थ्य र शरीरको तापक्रमण परीक्षणलाई केन्द्रित गरेर हेलम्बु सरकारले ३०८ बेडको व्यवस्थित क्वारेन्टाइन बनाउने अन्तिम चरणमा कस्सिरहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउँनु भयो  । ‘गाउँभर पुगेर सचेतना फैलाउँदै औषधि ,माक्स वितरण गरिरहेका छौं, घरघरमै स्वास्थ्य परीक्षणको अभियानलाई चर्को बनाएका छौं, हालसम्म त्यस्तो केही पाएका छैनौं,शेर्पाले बताउँनु भयो । त्रिपुरासुन्दरी गाउँपालिका वडा ३ धुस्कुनका अध्यक्ष शुकदेव रिसालले गाउँभर लगाइएको काँडेतार र अवरोध हटाउन अनुरोध गर्दै सचेतनामा दौडिरहेको बताउँनु भयो  ।

, , , ,