अलैंची खेतीः लगानी कम बढी उत्पादन

रूपक परी
लोकप्रिय समाचार
परम्परागत खेति गर्दै आएका मेलम्ची क्षेत्रका किसानहरूले विगत केही वर्षदेखि ब्यवसायिक रूपमा अलैंची खेति गर्न थालेका छन्  ।
कम लागतमा बढि उत्पादन लिन सकिने यो खेति मेलम्ची क्षेत्रमा लोकप्रिय हुँदै गईरहेको छ । किसानहरूले अलैंचीवाट प्रशस्त आम्दानि गर्न सफल भएपछि तालामाराङ, ग्याल्थुम, शिखरपुर, ज्यामिरे, लागर्चे र हेलम्बुमा ब्यवसायिक रूपमा अलैंची खेति सुरु गरिएको छ ।
अलैंचीको लागि उपयुक्त भु(वनोट ओसिलो जमिन , प्रशस्त मात्रामा छहारियुक्त रूखहरू र भिरालो जमिन चाहिने भएकोले यसको उत्पादन राम्रो रहेको अलैंची खेति गर्दै आएका शिखरपुरका शँकर खनाल बताउनुहुन्छ ।
केही वर्ष अघिसम्म नजिकको वजारबाट अलैंची किनेर खाने मेलम्ची नगरपालिका (९ ज्यामिरेका विनोद गिरिले आफ्नै जमिनमा अलैंची खेति सुरु गरेपछि घरपरिवारको खर्च  टर्न थालेको वताउनुहुन्छ । उहाँको अनुसार खान, लाउन मात्रै  होईन मिहेनत र लगनशिलता भए पैसा कमाउन विदेश नै जानुपर्ने  रहेनछ । एक किलो अलैंची  १५ सय रूपैयाँ  सम्ममा विक्रि भएकोमा अहिले घटेर ६ सयमा आउदा भने दुख लागेको गिरिले वताउनुभयो  ।
विहान झिसमिसेदेखिनै अलैंची सार्नमा ब्यस्त रहने हेलम्बुका सितार लामाको जमिनमा  पनि अलैंची लहलह छ । लामाले अलैंचीवाट वार्षिक ५ लाख कमाउन थाल्नुभएको छ । उहाँको  अनुसार अहिले अलैंची आम्दानिको प्रमुख  स्रोत भएको  छ ।

, , ,