पास बन्द बिदेशबाट आएकालाइ क्वारेन्टाइनमा अनीबार्य


 नेत्रबहादुर बस्नेत
   बिश्वभरी  महामारीको रुपमा देखा परेको कोरोना भाइरसबाट बच्नका लागी सरकारले सबै नागरिकलाइ घरमा नै बसेर   महामारी बिरुद्ध लड्न अनुरोघ गरेको छ ।

यस अबस्थामा अती आबश्यक का लागी बितरण गरिएको सवारी पास दुरुपयोग हुन थाले पछी  काठमाण्डौ भक्तपुर लगाएतका केही जिल्लाहरुले पास मा कडाइ गरे  सँँगै सिन्धुपाल्चोक जिल्लामा पनी सवारी पास रोक्का गरिएको छ । सोमबार  जिल्ला सम्म्न्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गको प्रमुख अतिथ्यता तथा चौतारासाँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गको बिशेष अतिथ्यतामा  प्रमुख जिल्ला अधिकारी  उमेश कुमार ढकालको अध्यक्षतामा  कोराना भाइरस रोकथाम,नियन्त्रण , उपचार सम्बन्धी बसेको बैठकले  यस्तो निर्णय गरेको हो  । बैठकले  बिदेश बाट आएकाहरुलाइ अनीबार्य १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने निणंय गरेको छ । साथै कोरोना भाइरस रोकथामका लागी अत्याश्यक कार्य गर्ने स्थानीय वडा कार्यलयहरुबाट बिभिन्न कार्य गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेले  जानकारी दिनु भएको छ ।

, , , ,