आइतबार सम्म स्वास्थ्य उपकरण आइ पुग्ने


 विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको नियन्त्रण, जोखिम न्यूनिकरण तथा उपचारका लागि सरकारले अपनाउनुका साथै कार्यान्वयन गर्नु पर्ने महत्वपूर्ण विषयहरुलाई समेटेर नेपाली कांग्रेस संसदीय दलका प्रमूख सचेतक माननीय बालकृष्ण खाणले चैत्र १४ गते नेपाल सरकार द्वारा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री माननीय ईश्वर पोखरेललाई ज्ञापन पत्र प्रेषित गर्नु भएकोमा उक्त ज्ञापन पत्र बारे सरकार गम्भीर रहेको उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीले संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलाई जानकारी गराउनु भएको नेपाली काँग्रेसले जनाएको छ । 

. त्यस क्रममा नेपाली कांग्रेसबाट प्राप्त सुझावहरु उपयोगी र सान्दर्भिक समेत रहेको र नेपाली कांग्रेसको साथ एवं सहयोगले सरकारलाई थप उर्जाका साथै आत्माबल दिएको बताउनु भयो . सुझावका लागि कांग्रेसलाई धन्यवाद समेत दिन भएको काँग्रेसद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।  .

माननीय उपप्रधान तथा रक्षा मन्त्रीले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, पि.पि.ई (पर्सनल प्रोटेक्सन इक्य’पमेन्ट) लगायतका आवश्यक सामग्री आइतबार  सम्म नेपाल आइपुग्ने जानकारी गराउनु भएकोे . उक्त स्वास्थ्य उपकरणहरु र सामग्रीहरु सातै प्रदेशहरुमा यथाशीघ्र वितरण गरिने योजना रहेको समेत जानकारी भएको काँग्रेसले जनाएको छ ।  .

, , ,